गजल : सरकार कसैलाई देश छाड्ने रहर हुंदैन

गजल

सरकार कसैलाई देश छाड्ने रहर हुंदैन,
आफ्नो देश जस्तो कसैको नगर हुंदैन।

नागरिक छन् र देश छ तिमी हामी छौं,
भोली के हुन्छ यो जिवनको भर हुंदैन।

उस्ले रेमिटेन्स पठायो बगाएर पसिना,
त्यो तिम्रो चालबाट सधै वेखबर हुंदैन।

छाड समय रहंदै दलालीगर्न बिदेशीको,
नतमस्तक हुंनुपर्ने तिमीलाई कर हुंदैन।

अब लेण्डुपलाई जस्तै सरण लिनुपर्ला,
बिदेशीको दलाल कहिल्यै अंमर हुंदैन।

हिमाल पहाड तराईका मिलिजुली बसौं,
सन्तान एकता भए दुष्ट घुस्ने चर हुंदैन।

सुरेशकुमार पान्डे।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation