
सागर बेल्बासे, कपिलवस्तु ।
बाणगङ्गा माध्यामिक बिद्यालयको स्थापनाकालका तेस्रो ब्याज अर्थात २०३७ सालका एस एल सि ब्याजीहरुको ४२ बर्ष पछि आज पुनर्मिलन कार्यक्रम भएको छ । बडो उत्साहित मुद्रामा उपस्थित गुरु चेलाहरुको भलाकुसारी रोचक देखिएको थियो। त्यसबेलाका जम्मा ३३ विद्यार्थी सहयात्री मध्ये केही बिदेशमा रहनुभएकाको उपस्थिति भएको थिएन। विद्यार्थी मध्ये ३ जना र त्यो समयका प्रधानाध्यापक आदित्यराज ज्ञवाली ज्यु हरुको दिवंगत भएको संझनामा १ मिनेट मौन धारण समेत गरिएको थियो।
कार्यक्रम त्यस ब्याजका जेष्ठ सदस्य धर्मराज घिमिरेको अध्यक्षता र गुरु नन्दकिशोर शुक्लाको प्रमुख आतिथ्यतामा भएको थियो।कार्यक्रममा गुरु कृष्ण पौडेल ,दिल बहादुर कार्की, शागर प्रसाद श्रेष्ठ बिशिस्ट अतिथिको रुपमा हुनुन्थ्यो। कार्यक्रमको संचालन ज्ञानराज पाण्डेले गर्नु भएको थियो भने स्वागत मन्तब्य जन्जिर प्रसाद थारुले राख्नु भएको थियो। डाक्टर मोतिलाल भुसालले कार्यक्रमको महत्त्वमा प्रकाश पार्दै टंक प्रसाद आचार्यको रचना बाचनले सहभागी सबैमा थप उत्साह थपेको थियो।
कार्यक्रममा गुरुहरुको सम्मानमा दोसल्ला तथा अबिर लगाइदिदै पछिल्लो समय चर्चाको शिखर चुमेको ग्रेटर नेपालको नक्सा उपहारस्वरूप प्रदान गरिएको थियो।सबै ब्याजी साथि र गुरुहरु को खानपिन सहित खादा तथा डायरी, कलम समेत आदानप्रदान गरि कार्यक्रम सम्पन्न भएको छ। यस्ता पुनर्मिलन कार्यक्रमले कुनै पनि पेशा ब्यबसायमा भएका आफ्ना सहयात्री साथीहरूको दुख सुख तथा सामाजिक क्रियाकलापमा परिचय र एकताको ताजगिले महत्त्वपूर्ण उपलब्धि हासिल हुने कार्यक्रमका सभापति धर्मराज घिमिरेले जनाउनुभएको थियो।












