

सैनामेना । University Grants Commission (यूजीसी) ले रुपन्देहीको सैनामैना–४ स्थित परोहा बहुमुखी क्याम्पसलाई संस्थागत मान्यता (Institutional Accreditation) प्रदान गरेको छ।
यूजीसीको बोर्ड बैठक (बैशाख ९, २०८३ / अप्रिल २२, २०२६) को निर्णय अनुसार क्याम्पसलाई औपचारिक रूपमा मान्यता प्रदान गरिएको हो। यूजीसी अन्तर्गतको Educational Quality Assurance and Accreditation Council (EQAAC) ले पत्रमार्फत उक्त निर्णयको जानकारी गराउँदै क्याम्पसको शैक्षिक गुणस्तर उकास्न गरेको प्रयासको प्रशंसा गरेको छ।
पत्रमा उल्लेख भएअनुसार यस मान्यताले क्याम्पसलाई उच्च शिक्षामा गुणस्तर अभिवृद्धि, शैक्षिक सुधार तथा संस्थागत विकासमा थप मार्गदर्शन गर्ने विश्वास व्यक्त गरिएको छ। साथै, आगामी दिनमा गुणस्तर सुधारका विविध पक्षमा EQAAC सचिवालयले क्याम्पससँग सहकार्य गर्ने पनि जनाइएको छ।
यूजीसीले क्याम्पसलाई बधाई दिँदै छिट्टै आयोजना हुने प्रमाणपत्र वितरण कार्यक्रममा सहभागी हुन आमन्त्रण गर्ने जनाएको छ।
यस उपलब्धिसँगै परोहा बहुमुखी क्याम्पसले रुपन्देही क्षेत्रमै गुणस्तरीय उच्च शिक्षाको केन्द्रका रूपमा आफ्नो पहिचान थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
उक्त पत्रको प्रतिलिपि Tribhuvan University का उपकुलपति तथा रजिस्ट्रारको कार्यालयमा समेत पठाइएको यूजीसीले जनाएको छ।
> Nepali Unicode Converter
> Preeti To Unicode
> Unicode To Preeti
> आजको राशिफल
> आजको विदेशी मुद्राको विनिमयदर
> आजको सुनचादीको मुल्य
> हाम्रोबारे
> सम्पर्क
अध्यक्ष –विमल गैरे
निर्देशकः बुद्दिसागर बेल्बासे
व्यवस्थापकः विराट पहारी
प्रधान सम्पादकः प्रमिला वि सी
सम्पादकः रमिता वि.सी
समाचार संयोजकः
बजार संयोजक :
जिल्ला सम्वादाताहरु:
रुपन्देहीः प्रदिप ज्ञवाली