बुद्ध जयन्ती समारोह सफल बनाउन रुद्र गणको सक्रिय भूमिका

लुम्बिनी । बुद्ध जयन्तीको अवसरमा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा आयोजित विशेष कार्यक्रममा रुद्र गणले स्वयंसेवकका रूपमा उल्लेखनीय भूमिका निर्वाह गरेको छ।

कार्यक्रमलाई सहज, व्यवस्थित तथा सफल बनाउन रुद्र गणका सदस्यहरू व्यवस्थापन, भीड नियन्त्रण, आगन्तुकलाई सहजीकरण तथा आवश्यक समन्वयमा सक्रिय रूपमा खटिएका थिए। ठूलो संख्यामा भक्तजन तथा पर्यटकको उपस्थितिबीच कार्यक्रमलाई अनुशासित र व्यवस्थित बनाउन स्वयंसेवक टोलीको भूमिका महत्वपूर्ण रहेको आयोजक पक्षले जनाएको छ।

धार्मिक तथा सांस्कृतिक महत्व बोकेको बुद्ध जयन्ती समारोहमा रुद्र गणको सक्रिय सहभागिताले सेवाभाव, अनुशासन र सामाजिक उत्तरदायित्वको सशक्त उदाहरण प्रस्तुत गरेको सहभागीहरूले बताएका छन्।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation