रुपन्देहीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

उपकार अनलाईन, सैनामैना ।
शुद्धोधन–१, रुपन्देहीमा रहेको शिशैं माध्यमिक विद्यालयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शुद्धोधन गाउँपालिका वडा नं. १ को वडा कार्यालय, सैनामैना क्लिनिक, खिमादेवी डेन्टल प्रा।लि। तथा श्री कृष्ण नेत्रालयको आयोजना तथा एनएमबी बैंक मुर्गिया शाखाको प्रायोजनमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

स्वास्थ्य शिबिरले आम जनसमुदायको स्वास्थ्यमा देखा परेको समस्याको समाधन गर्न सहज भएको एन एम बि बैकका प्रदेश प्रमुख शम्भु पराजुलीले बताउनु भयो ।
ग्रामिण क्षेत्रमा निशुल्क रुपमा स्वास्थ्य सेवा प्रवाह गर्ने उद्धेश्यले राखिएको शिबिरले यस क्षेत्रका जनसमुदायलाई प्रत्यक्ष फाईदा पुगेको शुद्धोधन वार्ड नं. १ वडा अध्यक्ष उदयराज कडारीयाले बताउनु भयो ।

स्वास्थ्य शिविरमा करिब पाँच सय जनाले सामान्य रोगहरु, हाडजोर्नी तथा नसा रोग, स्त्री तथा महिला सम्बन्धी रोग, गाठा गुठी तथा गिर्खा सम्बन्धी रोग, मुख, दाँत तथा गिजा सम्बन्धी रोग, मोतिया विन्दु, आँखा चिलाउने, पिरो हुने, नदेख्ने तथा माइनर अप्रेसनलगायतका रोगहरुको परीक्षण तथा उपचार गरिएको कार्यक्रम संयोजक कृष्ण बहादुर कुँवरले बताउनुभयो ।

स्वास्थ्य शिविरमा डा। राजेन्द्र कँुवर (फिजिसियन), डा. मन्दीर खत्री (हाड, जोर्नी तथा नसा रोग विशेषज्ञ), डा. आरती श्रेष्ठ (स्त्री रोग विशेषज्ञ), डा. पुजन श्रेष्ठ (जनरल सर्जन), डा. विकास सुवेदी (डेन्टल सर्जन), डा. सुजाता पुन (डेन्टल सर्जन), डा. मलाहु गुप्ता (आँखा रोग विशेषज्ञ) लगायत चिकित्सकहरुको सहभागीतामा सेवा प्रवाह गरिएको थियो ।

No description available.

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation