कपिलवस्तुको लक्ष्मणघाटमा पुर्णिमा मेला तथा बृहत साँस्कृतिक कार्यक्रम हुदैं

उपकार अनलाईन, रुपन्देही । कपिलवस्तुको बाणगंगा नगरपालिकाको लक्ष्मणघाटमा लक्ष्मणघाट सामाजिक बिकास केन्द्रको आयोजनामा सदाका बर्षहरुमा झै यस बर्ष पनि मंसिर ११ देखी १३ गते सम्म तिन दिने लक्ष्मणघाट पुर्णिमा मेला तथा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

सय बर्ष अगाडीबाट संचालन हुदै आएको मेलामा कपिलवस्तु, अर्घाखाँची, प्युठान, रुपन्देही र छिमेकी मुलुक भारतबाट समेत श्रद्धालु भक्तजनहरु मेला भर्न आउने गरेको बाणगंगा नगरपालिका वार्ड नं ६ का वडाध्यक्ष करुण टण्डनले जानकारी दिएका छन् ।

सो कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न संस्थाका अध्यक्ष थानेश्वर अधिकारीको संयोजकत्वमा ५१ सदस्सिय मेला मुल आयोजक समिति गठन गरिएको छ । बैठकले लक्ष्मणघाट सामाजिक विकास केन्द्रका संस्थापक अध्यक्ष रन बहादुर काउचालाई मेलाको निर्देशक तोकेको छ यसैगरी संस्थाका कार्य समिति सदस्य तेज बहादुर थापालाई मेलाको संयोजक र संस्थाका कोषाध्यक्ष दिनेश थारु र हुम बहादुर घर्तिलाई सह–संयोजक तोकेको छ भने बिभिन्न बिषयगत समिति गठन गरेको सचिव सरिता थारुले बताइन् ।

प्रत्येक बर्ष पुर्णिमा मेलाको अवसरमा बिशेष गरी थारु समुदायका मानिसहरुले बाणगंगा नदिमा स्थान गरी गौपुजन गर्ने दान दिने कथा सुन्ने , मुण्डन गरी मनाइने यो धार्मिक पर्व अहिले सबै समुदायका मानिसले मनाउने गरेको समाजसेवी अभिराम न्यौपानेले जानकारी दिएका छन् । अहिलेको सो मेलामा बिभिन्न स्थानिय व्यापार व्यवसायलाई प्रवद्र्धन गर्न बिभिन्न व्यवसायिक, कृिष, खाद्यान्न तथा घरेलु उत्पादनका स्टलहरु राखिने भएको छ । साथै यस बर्ष देखी सो मेलामा पिङ,मोतका कुवा,झुला, मिक्की माउस र वाल उद्यान समेत राखिएकाले दर्शकहरुको उपस्थिती बढ्ने संस्थाका उपाध्यक्ष अन्जित खनालले जानकारी दिएका छन् ।

सो कार्यक्रममा स्थानिय तथा राष्ट्रिय कलाकारको प्रस्तुती रहने कार्यसमिति सदस्य मदन शर्माले जानकारी दिएका छन् । तिन दिन सम्म सञ्चालन हुने सो मेलामा करिव २०००० दर्शकले अवलोकन गर्ने अनुमान गरिएको मेलाका संयोजक तेजबहादुर थापाले जानकारी दिएका छन् । सो मेला तथा साँस्कतिक कार्यक्रमलाई प्रभावकारी रुपमा सफल गर्न बिभिन्न संघ संस्था निकायसँग समन्वय गर्ने आयोजकले बताएको छ । मेलाको सह–आयोजकमा लक्ष्मणघाट बोलबमधाम विकास समिति रहने छ । यसै विच मेलालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न शनिवार आम भेला आयोजना गरिएको छ सो भेलामा उपस्थित अधिकांशले मेलालाई ३ दिन संचालन गर्नुपर्ने सुझाव दिएका छन् ।

भेलामा वाणगंगा नगरपालिका वाड नं ६ का वडाध्यक्ष करण टण्डन, वडा सदस्य गुरु प्रसाद चौधरी,लक्ष्मणघाट मा।वि।व्यवस्थापन समिति हुमनाथ भट्टराई,लक्ष्मणघाट बोलबमधाम विकास समितिका अध्यक्ष रनबहादुर काउचा,टोल विकास समितिका अध्यक्ष थानेश्वर भट्टराई देवी पोख्रेल,टामलाल बेल्वासे,हुम बहादुर घर्ति,जिवन पाण्डे समाजसेवी कल्यण टण्डन, सन्तोष राणा, प्रकाश भुसाल, हरि पाण्डे, धर्मराज भुसाल, बाबुराम बस्नेत,कृष्ण गैरे, माधव खनाल,संस्थाका सल्लाहकार कृष्ण प्रसाद खनाल, पत्रकार मोहन बेल्वासे लगायतको उपस्थिती रहेको सदस्य बिनोद खनालले बताए ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation