रुपन्देही बाट भन्सार छलेर ल्याएको ३ हजार कुखुरा नष्ट

बुटवल । भन्सार छलेर भारतबाट ल्याइएको झन्डै ३ हजार कुखुरा भन्सार कार्यालयको पशु क्वारेन्टाइनले नष्ट गरेको छ । भारतबाट अबैध बाटो हुँदै ल्याइएका तीन गाडी कुखुरा स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका प्रहरीले भन्सार बुझाएपछि क्वारेन्टाइनमार्फत कुखुरा नष्ट गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।

स्थानीयले कञ्चन गाउँपालिका–१, हात्तीबजारमा लु २ च ४८६१, बुटवल उपमहानगरपालिका–१४ बेलभरियामा लु २ च ६९०३ र देवदहमा लु १ च ५८९६ नम्बरको बलेरो गाडीसहित अवैध कुखुरा पक्राउ गरेका थिए ।

स्थानीय युवाहरूले पक्राउ गरेका कुखुरासहितका गाडी सालझण्डी, बुटवल र देवदह प्रहरी चौकीलाई बुझाइएको तामनगरका युवा ईश्वर सुवेदीले बताए । तीनवटै प्रहरी युनिटले पक्राउ परेका गाडीसहितका कुखुरा क्वारेन्टाइन चेकपोस्टमा पठाएको थियो ।

अनुसन्धानमा खरिद बिलबिना भन्सार छले ल्याइएको देखिएपछि क्वारेन्टाइनले कुखुरा नष्ट गरी गाडी भन्सार चलान गरेको रुपन्देही प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक किशोर केसीले बताए ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation