लुम्बिनीमा चाडपर्वको अवधिमा १५२ वटा सवारी दुर्घटनामा परि ४८ जनाको मृत्यु

कपिलवस्तु । लुम्बिनी प्रदेशमा दशैँ तिहारको बिचमा सवारी दुर्घटना र दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या उच्च रहेको पाइएको छ । गत असोज २८ गते घटस्थापनाका दिन देखि मंसिर १ गते सम्मको तथ्याङ्कले यस्तो देखाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार लुम्बिनीमा असोज २८ गते देखि मंसिर १ गते सम्म १५२ वटा सवारी दुर्घटना भएका छन । जसमा ४८ जनाको मृत्यु भएको छ, भने १३७ जना गम्भिर घाईते हुँदा ७७ जना सामान्य घाईते भएका छन ।

प्रदेशका १२ जिल्लाहरु मध्ये सबैभन्दा धेरै रुपन्देहीमा २८ वटा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । जिल्लामा २३ जना गम्भिर घाईते हुँदा १३ जना सामान्य घाईते भएका छ ।

त्यस्तै कपिलवस्तुमा २५ वटा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । उक्त घटनामा २५ जना गम्भिर घाईते हुँदा ९ जा सामान्य घाईते भएका छन ।

त्यस्तै नवलपरासीमा ९ वटा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । उक्त समयमा ८ जना गम्भिर घाईते भएका छन, भने ३ जना सामान्य घाईते भएका छन । यहाँ सवारी दुर्घटनामा परि एउट पशुचौपायाको समेत मृत्यु भएको छ ।

त्यस्तै पाल्पामा ८ वटा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ, भने ९ जना गम्भिर र १५ जना सामान्य घाईते भएका छन ।

त्यस्तै गुल्मीमा एउटा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । उता अर्घाखाँचीमा ९ वटा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । उक्त घटनामा ८ जना गम्भिर र ९ जना सामान्य घाईते भएका छन ।

त्यस्तै दाङमा २३ वटा सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । ति दुर्घटनामा २६ जना गम्भिर र ३ जना सामान्य घाईते भएका छन ।

त्यस्तै बाँकेमा २५ वटा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ति दुर्घटनामा २० जना गम्भिर घाईते हुँदा ११ जना सामान्य घाईते भएका छन ।

त्यस्तै बर्दियामा १५ वटा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ, भने १२ जना गम्भिर र १२ जना सामान्य घाईते भएका छन ।

त्यस्तै प्युठानमा ५ वटा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ३ जना गम्भिर घाईते भएका छन । उता रोल्पामा एउटा सवारी दुर्घटा हुँदा १ जनाको मृत्यु भएको छ ।

त्यस्तै पुर्वी रुकुममा ३ वटा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना गम्भिर र २ जना सामान्य घाईते भएका छन ।

 

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation