सैनामैनाको रानीबगीयामा खुल्यौ सुविधा सम्पन्न हिमचुली रेष्टुरेण्ट

विमल गैरे, सैनामैना ।
रुपन्देहिको सैनामैनामा सुविधा सम्पन्न रेष्टुरेण्ट सन्चालनमा आएको छ । सैनामैना नगरपालिका वडा नं.–१, रानीबगीयामा हिमचुली रेष्टुरेण्ट तथा लज सन्चालनमा आएको हो ।

लोकनाथ पुरीले एकल लगानीमा हिमचुली रेष्टुरेण्ट तथा लज सन्चालनमा ल्याएका हुन । स्वदेशमै आफ्नो लगानी लगाई रोजगारको व्यवस्था सृजना गर्ने उदेश्यले होटेल सन्चालनमा ल्याएको सन्चालक पुरीले उपकार अनलाईनलाई बताए । हिमचुली रेष्टुरेण्ट तथा लज मंसिर २ गतेबाट सन्चालनमा आएको हो । सफा स्वादिष्ट भोजन तथा आरामदायी बासको व्यवस्था समेत रहेको सन्चालक लोकनाथ पुरीले जानकारी दिए ।

 

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation