सैनामैना महोत्सवमा र्याप गीत प्रतियोगिता हुने

सैनामैना । सैनामैना नगरपालिकाको मुर्गियामा रहेको सैनामैना उधोग वाणिज्य संघले आयोजना गर्न लागेको छैठौं राष्ट्रिय सैनामैना कृषि, पर्यटन, प्रबिधि तथा औद्योगिक व्यापार महोत्सव २०८० गर्न लागेको छ । महोत्सवमा खुल्ला रुपमा र्याप गीत प्रतियोगिता हुने महोत्सवका र्याप गीत प्रतियोगिताका संयोजक बिनोद पाण्डेले जानकारी दिनुभयो ।

प्रतियोगिता मङ्सिर १४ र १५ गते हुने छ । प्रतियोगितामा देशभरका इच्छुक जोकोहीले पनि भाग लिन पाउने बताइएको छ । प्रतियोगिताबाट प्रथम हुनेले नगद छ हजार सहित गीत रेकर्ड गर्न स्टुडियो , तीन महिना जिम प्याकेज सहित अन्य आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।

भने दोस्रो स्थान हासिल गर्नेलाई पनि दुईवटा गीत रेकर्ड गर्न स्टुडियोसहित अाकर्षक पुरस्कार प्राप्त गर्नेछन । मेला भब्य रुपमा संचालनको लागि मेलामा धेरै प्रकारका प्रतिभाहरुलाई उजागर गर्न लागिएको छ । स्थानीय स्तरमा रहेका संघ संस्थासंग सैनामैना उधोग बाणिज्य संघ सैनामैनाले समन्वय र छलफल गर्दै आएको छ । सैनामैना महोत्सव यहि मंसिर ६ देखि १७ गते सम्म सैनामैना ३ मुर्गियाको पुरानो हाट बजार परिसरमा संचालन हुँदैछ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation