वृक्षरोपण र झाडि सरसफाईमा अब्बल बन्दै मायादेवी साझेदारी वन

कपिलवस्तु । कपिलस्तुको बाणगंगामा रहेको मायादेवी साझेदारी वनमा अहिले प्रशस्त बिरुवा रोपिएको देख्न सकिन्छ । वर्षेनि रुख काटिरहने तर काटिए जति विरुवा नरोप्ने प्रचलनले वन क्षेत्र मासिदै गैरहेको समयमा मायादेवीमा भने खालि ठाउँमा प्रशस्त विरुवा रोपिएको हो । त्यति मात्र हैन वनमा अनावश्यक झाडि फाँडेर सरसफाई समेत गरिएको छ ।

वन जन्य स्रोतको सहि सदुपयोग गरेर जिल्लामै नाम कमाउन सफल भएको यस वनले पछिल्लो समय वन व्यवस्थापनको लागि विभिन्न उत्कृष्ट कार्य गर्दै आइरहेको छ । अतिक्रमणका कारण विश्व बाटै सङ्कुचित बन्दै गैरहेको वन क्षेत्रलाई वृद्धि गर्न यस्ता कार्य गर्दै आईरहेको वनका अध्यक्ष दिनेश जयसवालले बताउनु भएको छ ।

No description available.

हामि सङ्ग कुरा गर्दै उहाँले आफु अध्यक्ष भएर आएदेखि वनलाई व्यवस्थित बनाउन आफु र सिङ्गो टिमा लगातार खटिरहेको बताउनु भएको छ । अध्यक्ष जयसवालले भन्नुभयो, “हाम्रो वनमा साधन स्रोत प्रशस्त छ, यसको सहि सदुपयोग गनुर्नेमा हामि सचेत छौँ । वनको सहि व्यवस्थापन गर्न हामिले अहिले वृक्षरोपण र झाडि सरसफाई लाई तिव्र रुपमा अगाडि बढाई रहेका छौँ ।”

अहिले वनमा साल, सिसौ, खयर, अमला लगायत विभिन्न प्रकारका काठ र फलफुल जन्य विरुवाहरु समेत लगाएको उहाँले बताउनु भयो । लगाएका विरुवाको संरक्षण र संवद्र्धन गर्न पनि आफुहरुले विभिन्न योजनाका साथ काम गरिरहेको बताउनु भएको छ ।

जिल्लाको बाणगंगा नगरपालिका सहित कपिलवस्तु, शुद्धोधन गाँउपालिका र मायादेवि गाँउपालिकाका विभिन्न क्षेत्र भित्र फैलिएको यस वनले विभिन्न समयमा हुँदै आएको अतिक्रमणलाई समेत हटाउँदै गैरहेको छ ।

No description available.

No description available.

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation