गैडहवामा पनि धुमधाम सहित मनाइयो छठ पर्व

प्रदिप ज्ञवाली, सैनामैना ।
रुपन्देहीको गैडहवा गाउँपालिकाका विभिन्न क्षेत्रमा छठ पर्व भव्यताका साथ मनाइएको छ ।

बिगतका समयमा मधेसी समुदायले मात्र मनाउने छठ पर्व यतिबेला देशव्यापी बन्न पुगेको छ । हिन्दु सनातन धर्मका सबैभन्दा ठुलो र सबैभन्दा कठिन ब्रत छठ पूजा देशै भर मनाउन थालिएको छ । देवताका पनि देवता मनिने सृष्टिलाई उज्यालो प्रदान गर्ने सूर्यको पूजा आराधनागरि मनाइने छठ पर्वमा गैडहवा गाउपालिकाको सुर्यपुरामा रहेको सम्तेश्वर घाटमा पनि धेरै श्रद्धालु भक्तजनहरुको उपस्थिति रहेको थियो ।

नदीतटिय क्षेत्रमा पालिका अध्यक्ष सुरेन्द्र पौडेल , विभिन्न राजनीतिक दलका नेता, पत्रकार , सुरक्षाकर्मी लगायत थुप्रैको उपस्थिति रहेको थियो । पालिकाको अन्य धेरै क्षेत्रमा पनि उल्लासमय रुपमा छठ पर्व मनाइएको थियो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation