बाणगंगाका बजार क्षेत्र मंगलबारदेखि पुनः साप्ताहिक रुपमा बन्द हुने

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका भित्रका बजार क्षेत्र भोलि मंगलबारदेखि पुनः साप्ताहिक रुपमा बन्द हुने भएका छन् । बाणगंगाका बजार क्षेत्र मंगलबार बजार बन्द हुने गरेको भए पनि चाडपर्वलाई लक्षित गरि मंगलबार पनि खुला गरिएको थियो ।

भोलिदेखि मंगलबार पनि खुल्दै आएका बजार क्षेत्र पुर्ण रुपमा बन्द रहने कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले जानकारी दिए । उनले उद्योग व्यवसायीलाई थप प्रवद्र्धन गर्न चाडपर्वमा संघले बजार खुलाउँदै आएको बताए ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation