१४ औं कपिलवस्तु महोत्सव : प्रवेश शुल्क १० रुपैँयाले घट्यो, भोलि डान्स आईडलको लागि अडिसन

कपिलवस्तु । मंसिर २१ गते देखि पौस १ गते सम्म हुन लागेको १४ औँ कपिलवस्तु महोत्सवको तयारी अहिले तिव्र गतिमा भैरहेको छ । बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा चार नम्बरको बुद्ध रङ्गसालामा हुन लागेको महोत्सवको सोमबार सम्म करिव २० प्रतिशत काम भएको महोत्सव संयोजक तथा बाणगंगा वेयलफेयर सोसाइटीका अध्यक्ष राजकुमार खाँणले उपकार अनलाईन सङ्ग बताउनु भएको छ ।

यस क्षेत्रका स्थानियहरुको आर्थिक अवस्थालाई मध्यनजर गर्दै अहिले महोत्सव प्रवेश शुल्क १० रुपौँले घटाएर विद्यार्थीहरुको लागि ४० र अन्य सर्वसाधारणहरुको लागि ६० रुपौँया कायम गरिएको पनि उहाँले बताउनु भयो । देशको अर्थतन्त्र कमजोर भैरहेको अवस्थामा यस क्षेत्रका युवाहरुलाई संगठीत गर्दै युवा स्वरोजगारको बलियो आधार उद्योग पर्यटन र कृर्षि क्षेत्रको प्रचार–प्रसार प्रर्वद्धनमा प्रोत्साहन भन्ने मुल नारा सहित सञ्चालन गर्न लागिएको महोत्सवले यस क्षेत्रको व्यापार व्यवसाय, पर्यटन र कृषिको प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै खाँणले अहिले सम्म ३५० वटा स्टलको तयारी गरिएको पनि बतउनु भएको छ ।

यसैबिच १४ औं कपिलवस्तु महोत्सव अन्तर्गत आयोजना हुन लागेको १२ औँ कपिलवस्तु डान्स आइडल अन्तर्गतको अडीसन भोलि देखि हुँदै छ । डान्स आइडल संयोजक खडक बहादुर क्षेत्रीका अनुसार विहान ९ः०० बजेसम्म फाराम लिइने र १०ः०० वजेदेखि अडिसन सुरु हुने छ । महोत्सवको बिशेष प्रस्तुतिको रुपमा रहने कपिलवस्तु डान्स आइडलमा जति सक्दो चाडो सम्पर्कका लागि संयोजक क्षेत्रीले आग्रह गर्नुभएको छ ।

त्यस्तै स्टल संयोजक मिन क्षेत्रीले कुल ३५० स्टलहरु मध्ये ३०० व्यापारिक स्टल र ५० निशुल्क स्टलहरु रहने बताउनु भएको छ । निशुल्क स्टलहरुमा विभिन्न प्रदर्शनका सामाग्रिहरु राखिने उहाँले बताउनु भयो । माग भए अझै केहि स्टल थप्न सकिने पनि उहाँले बताउनु भएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation