चित्ररम्भा आधारभूत विद्यालयमा ‘गोमा गौतम स्मृति अक्षय कोष’ स्थापना

अर्घखाँची । अर्घखाँची जिल्लाको पाणिनि गाउँपालिका वडा नं २ रयलेमा अवस्थित चित्ररम्भा आधारभूत विद्यालयमा विद्यालयका पूर्व विद्यार्थी गिरिराज गाैतमको परिवारजनले स्वर्गीय माता गाेमा गाैतमकाे साताैं वार्षिक पुन्य तिथिकाे अवसरमा विद्यालयमा एक कार्यक्रमका बीच स्वर्गीय गाेमा गाैतम स्मृति अक्षयकाेष स्थापना गर्नुभएको छ ।

आज एक कार्यक्रम विच रकम र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ गाैतम र पाणिनि -२ पाेखराथाेकका वडा अध्यक्ष चन्द्रकान्त पाैडेल लाई रकम हस्तान्तरण गर्नु भएकाे छ ।

कार्यक्रममा गरिव तथा जेहेन्दार विद्यार्थीलाई पुरस्कार वितरण गर्ने हेतुले गोमा गौतम स्मृति अक्षय कोष स्थापना गरिएको गिरिराज गौतमले बताउनु भयो । स्वर्गीय गोमा गौतमका छोरा गिरिराज गाैतम नेपाल सरकारको निजामती सेवामा कपिलवस्तुको मायादेवी गाउँपालिकामा कार्यरत हुनुहन्छ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation