खेम–सावित्रा सम्मान लायन्स अक्षयकोषद्वारा सिद्धार्थ मा.वि. का १२ विद्यार्थीलाई छात्रवृत्ति

कपिलवस्तु । खेम–सावित्रा सम्मान लायन्स अक्षयकोषद्वारा सिद्धार्थ माध्यमिक विद्यालय बुङ्चि कपिलवस्तुका १२ जना विद्यार्थीहरुलाई छात्रवृत्ति सहित सम्मान गरिएको छ । आज मङ्गलवार लायन्स क्लब अफ कपिलवस्तु दिदिबहिनी समुहकी प्रथम उपाध्यक्ष भगवती देवी रेग्मी भुषालको जन्मदिनको अवसर पारेर विभिन्न विधामा उत्कृष्ट, जेहेन्दार १२ जना विद्यार्थीहरुलाई कापि, कलम र सम्मान पत्र सहित छात्रवृत्ति प्रदान गरिको हो ।

१ लाख ११ हजार १ सय ११ रुपैँया रहेको अक्षकोष बाट प्राप्त ब्यज बापतको १२ हजार रुपैँया बराबरको शैक्षिक सामाग्रि प्रदान गरिएको हो ।

कार्यक्रममा बाणगङ्गा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सञ्जु कुमार सारु मगरले पाश्चात्य संस्कृति मौलाइरहेको अवस्थामा जन्मदिनको अवसरमा गरिएको यस्तो कार्य उदाहरणीय रहेको बताउनु भयो । हाम्रो मौलिक परम्परा र संस्कृतिलाई बचाई राख्न सबेले आ आफ्नो ठाउँ बाट पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभएको थियो । लायन्स क्लबले पछिल्लो समय जिल्लामा विभिन्न उत्कृष्ट कार्य गर्दै आईरहेको भन्दै यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा खेम–सावित्रा सम्मान लायन्स अक्षयकोषका अक्षयकोष दाता, लायन्स क्लब अफ कपिलवस्तुका पुर्व अध्यक्ष तथा रेडियो हर्टविट का सञ्चालक समिति अध्यक्ष धातानन्द भुसालले लायन्स क्लबमा रहेको सञ्चाय कोष बाट आएको ब्याज बाट विद्यार्थीहरुलाइ छात्रवृत्ति प्रदान गरिको बताउनु भएको छ । विगतका वर्षहरुमा रकम नै प्रदान गर्नेभएपनि कहिँकतै उक्त रकमको दुरुपयोग हुने गरेको भन्दै अहिले कापी, कलम जस्ता शैक्षिक सामाग्री नै प्रदान गरेको बताउनु भयो ।

विद्यालयका प्रधानाध्यापक दल बहादुर थापा ले आफ्नै विद्यालयलाई रोजेर अक्षकोष बाट प्राप्त ब्याजको रकमलाई सदुपयोग गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभएको थियो । विद्यालयमा प्रदान हुने यस्ता सहयोगे विद्यार्थी र विद्यालयलाई थप प्रेरणा मिल्ने भएकाले यस्ता सहयोगी कार्यहरु आगामि दिनमा पनि आउने विश्वास व्यक्त गर्नुभएको थियो ।

त्यस्तै लायन्स क्लब अफ कपिलवस्तु दिदिबहिनी समुहकी अध्यक्ष रितु अधिकारी खनालले विगतका वर्षहरुमा पनि यस्ता समाजिक कार्य गर्दै आइरहेको भन्दै यस्ता कार्यहरुलाइ आगामि दिनमा पनि निरन्तरता दिने बताउनु भयो ।

कार्यक्रममा विद्यालयका सल्लाहकार तथा पुर्व प्रधानाध्यापक जनार्दन ज्ञवाली, लायन्स क्लब अफ कपिलवस्तुका पुर्व अध्यक्ष राम शुभाग्गे थारु, लायन्स क्लब अफ कपिलवस्तु दिदिबहिनी समुहकी निवर्तमान पुर्व अध्यक्ष सिता कडेल लगायतले बोल्दै विद्यार्थीहरुको लागि गरिने यस्ता कार्य निक्कै उत्कृष्ट र महत्त्वपूर्ण रहने भन्दै यस्ता कर्य सबै बाट हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा रेडियो हर्ट विटका निवर्तमान अध्यक्ष कृष्ण प्रसा भट्टराई, लायन्स क्ल अप कपिलवस्तुका अध्यक्ष ओम प्रकास घिमिरे, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थी लायन्स क्लब अफ कपिलवस्तु दिदीबहिनिका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।

जन्मदिन पर्ने कार्यक्रमकी संयोजक भगवती देवी रेग्मी भुसालको स्वागत तथा क्लबकी सचिव सरस्वती सोमैको सञ्चालनमा सम्पन्न भएको थियो ।

No description available.

No description available.

No description available.

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation