आज बाणगंगा वेयलफेयरले चार नम्बरमा देउसी भैलो कार्यक्रम गर्दै

कपिलवस्तु । बाणगंगा वेयलफेयर सोसाइटीले आज बिहीबार ठूली एकादशीका अवसरमा देउसी भैलो कार्यक्रम गर्ने भएके छ । हरेक वर्ष झै यस वर्ष पनि मौलिक परम्परा र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले चारनम्बर चोकमा देउसी भैलो कार्यक्रम गर्न लागिएको बाणगंगा वेयलफेयर सोसाइटीका अध्यक्ष राजकुमार खाँणले बताउनु भएको छ ।

मौलिक परम्परागत नाँच सहित स्थानिय कलाकारहरुको प्रस्तुती रहने उक्त कार्यक्रम साँझ ६ बजेदेखि सुरु हुने भएकाले सम्पुर्ण स्थानियलाई सहभागि भएर कार्यक्रमलाई भब्य बनाउन उहाँले आग्रह समेत गर्नुभएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation