७ वर्ष देखि सेवा दिदै न्यु उत्तम ड्राई क्लिन

कपिलवस्तु । पछिल्लो समय विदेशीने युवा पुस्ताहरुको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ । शिक्षा, व्यापार, व्यवसाय, कृषि जस्ता क्षेत्रमा सरकारले प्रभावकारी निति नियम सहित काम गर्न नसक्दा देशमा युवा पुस्ताको खडेरि लागिरहेको छ ।

तर कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर १ का सुसिल नेपाल भने ७ वर्षदेखि ड्राइ क्लिन सञ्चालन गरेर सेवा गरिरहेका छन । स्वदेशमै स्वरोजगार भई आत्म निर्भर बन्ने सम्भावनाको खोजी गरिरहेका नेपाल ड्राई क्लिन सेवालाई सम्भावित आधार देखेर सेवा सञ्चालन गरेको बताउँछन । ‘विदेशमा दुख र मेहनत जति गरे पनि विदेशकै लागि हुन्छ, तर स्वदेशमा दुख गरे स्वरोजगार सङ्गै सेवा पनि उपलब्ध गराउन सकिन्छ ।’ उनले भने ।

७ वर्ष अघि २४ लाखको लगानीमा ड्राइ क्लिन खोलेर सेवा सुरु गरेका उनी चिसो मौसम लागे सङ्गै धेरैले कपडा लिएर आउने भएकाले बिहान देखि राति अबेर सम्म काममै हुने गरेको हामिलाई सुनाए । धुनको लागि समस्या हुने कपडा (कोट, पाईन्ट, सारि, ब्लाङ्केट) लगायत बाक्ला तथा पातला जुनसुकै कपडा धुने, ड्राई क्लिन गर्ने, र आईरन गर्ने लगायत सबै काम गरिरहेको उनले बताए ।

No description available.

सरकारले स्वरोजगार बन्न खोज्ने व्यवसायीहरुको लागि पनि विभिन्न सिपमुलक तालिम लगायतका कार्यक्रम ल्याईदिए आफु जस्ता हजारौ युवाहरुको विदेशीनुपर्ने बाध्यता हटेर जाने उनले बताएका छन ।

No description available.

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation