रुपन्देहीमा जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

बुटवल । बुटवलको नहरपुरमा बलेरो पिकअप जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु गएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

रूपन्देहीको बेलवास बेथरी सडकखण्ड अन्तर्गत बुटवल ११ नहरपुर मा लु १ च ७०२४ नम्बरको बलेरो पिकअप र लु ६१ प ५५०८ नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी बुटवल ११ निवासी ४५ वर्षीय शालिकराम खनालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाबाट गम्भीर घाइते खनालको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्युभएको हो । सोही दुर्घटनामा परी गम्भीर घाइते मोटरसाइकल चालक बुटवल ११ का शेखर पोखरेल भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation