ज्ञान-महायज्ञको ५ औँ दिन सम्म करिब ७ लाख रकम सङ्कलन

कपिलवस्तु । बाणगंगाको नन्दनगरमा सञ्चालित ज्ञान महायज्ञको पाचौँ दिन सम्म करिब ७ लाख रकम सङ्कलन भएको छ । मनकामना संस्कृत गुरुकुल प्रवद्र्धन समाजको आयोजनामा गत मंसिर ११ गतेदेखि सुरु भएको २९ औँ श्री मत्स्यपुरायण पाठपारायण तथा श्रीमद्भागवत धनधान्यञ्चल ज्ञान महायज्ञमा आज शुक्रबार सम्म ६ लाख ७३ हजार ३ सय १८ रुपैयाँ रकम सङ्कलन भएको मनकामना संस्कृत गुरुकुल प्रवद्र्धन समाजका उपसचिव तथा महायज्ञ मुल समारोह समितिका लेखा संयोजक कमल पौडेलले उपकार अनलाईन सङ्ग बताउनु भएको छ ।

त्यस्तै महायज्ञमा धान चामल लगायतका जिन्सी समान पनि करिब १ लाख भन्दा धेरैको सङ्कलन भैसकेको संयोजक पौडेलले बताउनुभयो । महायज्ञमा अहिले दैनिक ५ सयको हाराहारिमा भक्तजनहरु आइरहेको पनि उहँले बतउनुभयो । अझ विशेष गरि रुपन्देहीको बुटवल र सैनामैना बाट अत्याधिक रुपमा भक्तजनहरु आईरहेको उहाँले बताउनुभएको छ ।

मनकामना संस्कृत विद्यापिठलाई धार्मिक पर्यटनको रुपमा विकास गर्ने उद्देश्यले विगतका वर्षहरु जस्तै यस वर्ष पनि महायज्ञलाई निरन्तरता दिइएको समाजका अध्यक्ष अध्यक्ष रविराज ज्ञवालीले बताउनु भएको छ । धार्मिक तथा पर्यटकिय अन्य क्षेत्रको उचित व्यवस्थापन गर्नेहो भने कपिलवस्तुले आर्थिक क्षेत्रमा छिट्टै मुहार फेर्ने उहाँले बताउनुभयो ।

मंसिर ११ गतेदेखि सुरु भएको महायज्ञ पोर्सी १७ गते सम्म चल्ने भएकाले महायज्ञमा आएर अमृतमय कथा श्रवण गर्नको लागि समाजका सचिव जगतराज रेग्मीले आग्रह गर्नुभएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation