लागुऔषध सहित बाणगंगा बाट १ जना पक्राउ

कपिलवस्तु । लागुऔषध मुद्धामा कपिलवस्तुको बाणगंगा बाट १ जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय पिपरा बाट खटिएको टोलिले बाणगंगा नगरपालिका वडा नम्बर २ का २८ वर्षीय अमित बि.क. लाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पिपराका प्रमुख गोपाल जङ्ग रायमाझीले उपकार अनलाईन सङ्ग बताउनु भएको छ ।

हिजो १७ गते वडा नम्बर २ कप्टैया स्थित लखनचोक मेचकुरी सडकखण्डको सडक किनारामा बसिरहेको अवस्थामा प्रहररि निरिक्षक गोपाल रायमाझीको कमाण्डमा खटिएको ५ जनाको टोलिले चेक जाँच गर्दा लागु औषध ब्राउन सुगर जस्तो देखिने १ ग्राम ६१९ मिलिग्राम धुलो पदार्थ सहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई कानून वमोजिम पक्राउ गरी थप भई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation