१२ औँ कपिलवस्तु डान्स आईडलका लागि १३ प्रतियोगिहरु छनोट

कपिलवस्तु । १४ औँ कपिलवस्तु महोत्सवको प्रमुख आकर्षणको रुपमा रहेको १२ औँ कपिलवस्तु डान्स आईडलका लागि १३ जना प्रतियोगिहरु छनोट भएका छन । मंगलबार बाणगंगा वेलफेयर सोसाईटीको हलमा भएको फाईनल अडिसन बाट १३ प्रतिसप्रर्धी छनोट भएको डान्स आईडल संयोजक खडक क्षेत्रीले उपकार अनलाईन सङ्ग बताउनुभयो ।

२२ गतेदेखि हुने प्रतिसपर्धाको फाईनल महोत्सवको अन्तिम दिन पौष १ गते हुनेछ । फाईनलमा उत्कृष्ट ४ जना पुग्ने आइडलको प्रमुख निर्णायक हरिशरण रिजालले जनाकारी गराउनुभएकोछ । रिजालले डान्स आइडलबाट कलाकारिता क्षेत्रको नयाँ बाटो खुल्ने र प्रतिसपर्धीलाई म्युजिक भिडियोदेखि लिएर राष्ट्रिय तहमा समेत स्थान दिने प्रतिबद्धता जनाउनुभयो ।

१२ औं कपिलवस्तु डान्स आइडलको उपाधि हात पार्नेले १ लाख २१ हजार १ सय २१ रुपैयाँसहित चाँदीको टोपी, द्वितीय हुनेलाई ७७ हजार ७ सय ७७, तृतीयलाई ५५ हजार ५ सय ५५ रुपैयाँ सान्तवनालाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
बाणगंगा वेलफेयर सोसाईटीको आयोजनामा चारनम्बरको बुद्ध रङ्गसालामा हुने महोत्सव २१ गतेदेखि पौस १ गते सम्म सञ्चालन हुने छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation