१४ औँ कपिलवस्तु महोत्सव : स्थानिय फुल र मालाको मत्र प्रयोग गरिने

कपिलवस्तु । मंसिर २१ गते देखि हुन लागेको १४ औं कपिलवस्तु महोत्सवको तयारी करिब अन्तिम चरणमा पुगेको छ । बाणगंगा वेलफेयर सोसाईटीको आयोजनामा २१ गतेदेखि पौष १ गते सम्म चारनम्बरको बुद्धरङ्गसालामा हुन लागेको महोत्सवको तयारी मंगलबार सम्म करिब अन्तिम चरणमा पुगेको सोसाईटिका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक राजकुमार खाँणले  बताउनुभएको छ ।

यसैबिच अहिलेको महोत्सवमा खादाको प्रयोग नगरेर स्थानिय फुल र मालाको प्रयोग गरिने संयोजक खाँणले बताउनुभयो । स्थानिय उत्पादनलाई प्रवर्द्ध गर्ने उद्देश्यले यस्तो निर्णय गरेको उहाँले बताउनुभयो ।

युवा स्वरोजगारको बलियो आधार उद्योग पर्यटन र कृषि क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा प्रोत्साहन’ भन्ने मूल नाराका साथ हुन लागेको महोत्सवको तयारिलाई २१ गतेभन्दा केहिदिन अगाडि नै सम्पन्न गर्नेगरि काम गरिरहेको महोत्सव निर्देशक तथा सोसाईटीका महासचिव बुद्धि बहादुर रोका (दिनेश) ले बताउनुभयो । त्यस्तै अहिलेको महोत्सवमा करिब २ लाख ५० हजार दर्शक उतार्ने बताउँदै करिव डेढ करोड रुपैया बराबरको आर्थिक कारोवार गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।

यसैबिच महोत्सवको प्रमुख आकर्षणको रुपमा रहेको १२ औँ कपिलवस्तु डान्स आईडलका लागि १३ जना प्रतियोगिहरु छनोट भएका छन । मंगलबार बाणगंगा वेलफेयर सोसाईटीको हलमा भएको फाईनल अडिसन बाट १३ प्रतिसप्रर्धी छनोट भएको डान्स आईडल संयोजक खडक क्षेत्रीले  बताउनुभयो ।

२२ गतेदेखि हुने प्रतिसपर्धाको फाईनल महोत्सवको अन्तिम दिन पौष १ गते हुनेछ । फाईनलमा उत्कृष्ट ४ जना पुग्ने आइडलको प्रमुख निर्णायक हरिशरण रिजालले जनाकारी गराउनुभएकोछ । रिजालले डान्स आइडलबाट कलाकारिता क्षेत्रको नयाँ बाटो खुल्ने र प्रतिसपर्धीलाई म्युजिक भिडियोदेखि लिएर राष्ट्रिय तहमा समेत स्थान दिने प्रतिबद्धता जनाउनुभयो ।

१२ औं कपिलवस्तु डान्स आइडलको उपाधि हात पार्नेले १ लाख २१ हजार १ सय २१ रुपैयाँसहित चाँदीको टोपी, द्वितीय हुनेलाई ७७ हजार ७ सय ७७, तृतीयलाई ५५ हजार ५ सय ५५ रुपैयाँ सान्तवनालाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

No description available.

त्यस्तै यता स्टल संयोजक मिन थापाले ३ सय स्टलमा अब थोरै मत्रस्टल बुकिङ हुन बाकि रहेको बताउनुभएको छ । कुल ३०० सटलहरुमा केहि स्टल निशुल्क कृषि, घरेलु, शैक्षिक लगायत विभिन्न सामाग्रि प्रदर्शनको लागि प्रदान गरिने समेत उहाँले बताउनु भयो ।

No description available.

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation