अन्तर क्याम्पस हाजिरीजवाफ प्रतियोगितामा पक्लिहवा प्रथम, सहिद नारायण पोख्रेल दोस्रो

सैनामैना । बुटवलमा भएको अन्तर क्याम्पस स्तरिय हाजिरीजवाफ प्रतियोगितामा पक्लिहवा कृषि क्याम्पस प्रथम भएको छ भने सैनामैना ६ कलाैनीमा रहेको सहिद नारायण पोखरेल क्याम्पस दोस्रो भएको छ । बुटवल बहुमुखी क्याम्पसले अाफ्नो स्वर्णमहोत्सवको अवसरमा(सोमबार) हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको हो ।

कार्यक्रममा मणिकुन्द क्याम्पस तेस्रो स्थानमा आउन सफल भएको थियो । क्याम्पसले स्वर्ण महोत्सवको अवसरमा विभिन्न प्रकारका अतिरिक्त क्रियाकलापहरु गरिरहेको छ । क्याम्पसले यहि पुसमा भव्य रुपमा स्वर्ण महोत्सव मनाउदै छ ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation