
उपकार अनलाई, सैनामैना ।
रुपन्देहीको सैनामैनामा रहेको न्यू एकेडमी बोडिङ्ग स्कुलले अभिभावकहरुलाई बालवालिकामा असल संस्कारयूक्त शिक्षामा अभिभावकहरुको भुमिका सम्बन्धी प्रशिक्षण मुलक कार्यक्रम आयोजना गरेको छ ।
बलबालिकाहरुलाई किताबी ज्ञानसंगै नैतिक शिक्षा र असल संस्कार ब्यवहार सिकाउन अति जरुरी रहेको र यसका लागी बिधालय, घर र समाज सबैको अहम भुमिका रहने बिधालय ब्यवस्थापन समितिका अध्यक्ष मिन प्रसाद पौडेलले बताउनु भयो । बालबालिकामा असल संस्कारको बिकास कसरी गर्न सकिन्छ र यसका लागी के के गर्न जरुरी छ भन्ने बिषयको ज्ञान अभिभावकमा पनि हुन अति आवश्यक रहेकोले बिधालयले अभिभावक लक्षित कार्यक्रम गरिएको समेत पौडेलको भनाई थियो ।

अहिलेको शिक्षा सिप, संस्कार र प्रबिधियूक्त हुनु पर्ने प्रशिक्षक डा.राजु अधिकारीले बताउनु भयो । बालबालिकाले अभिभावकबाट नै संस्कार सिक्ने हुनाले बालबालिकामा असल संस्कार कसरी हस्तान्तरण गर्ने भन्ने तर्फ अभिभावक सचेत हुनु पर्ने समेत प्रशिक्षक डा। अधिकारीको जोड थियो ।

बिधालयका सबै बिधार्थीहरुका अभिभावकहरुलाई चरणबद्ध रुपमा प्रशिक्षण दिईने कार्यक्रम रहेकोले सबै अभिभावकहरुले कार्यक्रममा सहभागी भई बालबालिकाहलाई घरमा असल संस्कार कसरी सिकाउने भन्ने बिषयमा प्रशिक्षित हुन विद्यालयमा प्रधानाध्यापक टोपलाल भट्टराईले आग्रह गर्नु भएको थियो ।
बिधालय, घर र समाजले खेल्ने भुमिकाले आजका बालबालिका भोलीका असल र सफल नागरीक हुने हुनाले सबै पक्षले जिम्मेवार तवरले आफ्नो भुमिका निर्वाह गर्नु पर्ने बिधालयका एकेडेमिक चिफ नबिन प्रभुको भनाई थियो ।

कार्यक्रममा अक्सफोर्ड एकेडेमीका प्राचार्य दिनेश भुषाल, दिप बोर्डिङ्ग स्कुलका प्रधानाध्यापकटिकाराम न्यौपाने, न्यू एकेडेमी बिधालयका शिक्षक सेरेना प्रभु, गंगन शाह, नवराज भुषाल , बिधालयमा अध्ययनरत बिधार्थीहरुका अभिभावक लगायतको। सहभागीता रहेको थियो भने कार्यक्रम न्यू एकेडेमी बोर्डिङ्ग स्कुलको सभाहलमा सम्पन्न भएको थियो ।












