स्वमूल्याङ्कनमा बाणगङ्गाले ल्यायो ८९.५ प्रतिशत

कपिलवस्तु । जिल्ला समन्वय समितिले प्रमाणित गर्ने पालिकाहरुको स्वमूल्याङ्कनमा कपिलवस्तुको बाणगङ्गा नगरपालिकाले ८९ दशमलब ५ प्रतिशत ल्याएको छ । सोमबार नगरको सभाहलमा बसेको कार्यपालिका बैठकमा सो तथ्याङ्क सार्वजनिक गरिएको हो ।

१० वटा सुचकहरुमा बाणगंगाले भरेर पठाएको फारमको जिल्ला समन्वय समितिले मुल्याङ्कन गर्दा ८९ दशमलब ५ प्रतिशत नम्बर ल्याउन सफल भएको नगर प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले बताउनुभयो ।

कार्यपालिका बैठकले १४ औँ  नगरसभा पौष २५ गते नगर सभाहलमा गर्ने पनि निणर्य गरेको छ । त्यस्तै बाणगंगा नगर प्रज्ञा प्रतिष्ठान गठन तथा सञ्चालन २०८० र वन विध्येक २०८० छलफल तथा सुझाबको लागि १४ औँ नगर सभामा पठाउने समते निर्णय गरेको छ ।

त्यस्तै बैठकले आर्थिक वर्ष २०८०÷८१ का लागि १ अरब ३९ करोडको आयव्यय प्रक्षेपण गरेको छ । त्यस्तै सङ्घिय मामिला तथा प्रशासन मन्त्रालयले आर्थिक विकास कार्यक्रम सञ्चालनको लागि छनोट गरेका देशभरका ४६२ पालिकाहरु मध्ये बाणगंगा पनि पर्न सफल भएकोले उक्त कार्यक्रममा सहभागि हुने निर्याय गरेको प्रवक्ता पौडेलले बताउनुभयो ।

त्यस्तै छडा पशुचौपाया नियन्त्रण तथा व्यवस्थापन समितिले छाडा चौपायाकको मध्यकालिन व्यवस्थापनका लागि माग गरेको बजेट स्विकृत गर्ने निर्णय गरेको छ ।

बैठकमा नगर प्रमुख चक्रपाणी अर्याल, उप प्रमुख रिता कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी, वडा अध्यक्ष र प्रतिनिधि, नगरका कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation