गैडहवामा प्रथम अध्यक्ष कप ब्याडमिन्टन प्रतियोगिता हुँदै

प्रदिप ज्ञवाली, सैनामैना ।

रुपन्देहीको गैडहवा गाउँपालिकामा प्रथम अध्यक्ष कप सि लेवल ब्याडमिन्टन प्रतियोगिता २०८० हुने भएको छ । गैडहवा गाउपालिकाको संरक्षकत्व र मैनिया हाट बजार समितिको गैडहवा ८ मैनियाको आयोजनामा प्रतियोगिता हुन गइरहेको हो ।

राष्ट्रका लागि खेलकुद ,स्वास्थ्यका लागि खेलकुदुु भन्ने मुख्य नाराका साथ प्रतियोगिता पौष २० र २१ गते गैडहवा ८ मैनिया बजारमा हुने आयोजक सस्थाले जनाएको छ । प्रतियोगितामा भाग लिने टिमले १९ गते साँझ ८ बजे सम्म नाम दर्ता गराउनुपर्ने छ । दर्ता शुल्क रु एक हजार राखिएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले बीस हजार नगदसहित ट्रफी , मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । द्धवितिय हुने टिमले बाह्र हजार नगदसहित ट्रफी , मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने तृतीय हुने टिमले पाच हजार नगदसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । कार्यक्रम गैडहबा ८ मेरनिया हाट बजारमा हुनेछ ।

No description available.

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation