हङकङसंग नेपाल ७३ रनले पराजित

फागुन । फ्रेण्डसिप कप टी–२० आई क्रिकेटमा नेपाल घरेलु टोली हङकङसँग नेपाल ७३ रनले पराजित भएको छ। शनिबार भएको खेलमा हङकङले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको नेपाल १६।४ ओभरमा १ सय ३९ रन बनाउँदा अलआउट भएपछि पराजय ब्यहोर्न वाध्य भयो ।

नेपालका ८ ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। नेपालको मध्यक्रम र अन्तिमका ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन्। ओपनर विनोद भण्डारीले बनाएको ४२ रन नै सर्वाधिक रह्यो। आरिफ शेखले ३८ र कप्तान रोहित पौडेलले ३० रन बनाए। नेपाललाई कम स्कोरमा रोक्न एजाज खानले ४ विकेट लिए। इन्सान खानले ३ विकेट लिए। अतिक इकवाल र नर्सुला रानाले समान एक विकेट लिए।

त्यसअघि हङकङको मोङ ककस्थित मिसन ग्राउण्डमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १२ रनको योगफल तयार पारेको थियो। पाचौँ विकेटका लागि बाबर हायात र एजाज खानले ९५ रनको साझेदारी गरेपछि नेपालले विशाल लक्ष्य पाएको हो।

बाबर १ सय १० रन बनाउँदा क्याच आउट भए। ४९ बलमा १ चौका र १३ छक्का हानेका बाबर आकाश चन्दको बलमा कप्तान रोहित पौडेलको हातबाट क्याच आउट भए। एजाज खान २१ रनमा नटआउट रहे। ओपनर मार्टिन कोट्जे ३१ रन बनाउँदा क्याच आउट भए। २१ बलमा ५ चौका र १ छक्का हानेका मार्टिन आकाशको बलमा प्रतिश जिसीको हातबाट आउट हुन पुगे। कप्तान निजाकत खान शुन्य रनमा नै आउट भए।

अन्सी रथ ३९ रन बनाउँला प्रतिश जिसीको बलमा गुल्सन झाको हातबाट क्याच आउट भए। जानी आंकिसन शुन्य रनमा नै रासिद खानको बलमा एलबीडब्लु धरापमा परे। यासमि मुर्तजा शुन्य रनमा नै आउट भए। टी–२० आई को डेक्यु खेलमा नै आकाश चन्दले ३ विकेट लिए। उनले ३ ओभरमा २७ रन खर्चे। आरिफ शेख, रासिद खानले समान एक विकेट लिए।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation