
चेन्नई । साबिक विजेता चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार दोस्रो जीत हासिल गरेको छ । मंगलबार राति भएको खेलमा चेन्नईसामु निरीह बन्दै गुजरात टाइटन्स ६३ रनले पराजित भएको हो ।
२ सय ७ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४३ रन मात्र बनाउन सक्यो । गुजरातका लागि साई सुदर्शनले सर्वाधिक ३७ रनको योगदान दिए । त्यस्तै, ऋद्धिमन शाह र डेभिड मिलरले समान २१–२१ रन बनाए ।
चेन्नईका लागि दीपक चाहर, मुस्तफिजुर रहमान र तुसार देशपाण्डेले २–२ विकेट लिए भने डेरल मिचेल र माथिसा पथरिनाले १–१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेटको क्षतिमा २ सय ६ रन बनाएको थियो । प्लेयर अफ द म्याच घोषित शिवम दुवेले २३ बलमा ५१ रनको विस्फोटक इनिङ्स खेले । उनले २ चौका र ५ छक्का हिर्काए ।
यसअघि ओपनरद्वय रुतुराज गायकवाड र रचिन रवीन्द्रले टोलीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । दुवै खेलाडीले समान ४६–४६ रन बनाए । त्यसबाहेक डेरल मिचेलले २४ रनको योगदान दिए ।
गुजरातका लागि रासिद खानले २ तथा साई किशोर, स्पेन्सर जोनसन र मोहित शर्माले १–१ विकेट लिए । लगातार दोस्रो जीतपछि चेन्नई अङ्क तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।नं ३ का सागर थापा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। दायाँ कोखामा चोट लागेका थापालाई स्थानीयले उद्धार गरी लुम्बिनी प्रादेशीक अस्पताल पु¥याएका थिए।
घाईते थापाको लुम्विनी प्रादेशिक अस्पतालमा उपचार भई रहेको छ भने चक्कु प्रहार गर्ने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा बुटवल उपमहानगर ३ का सुजन गलामी र युवराज पुन रहेका छन्। पक्राउ परेका दुई जनामाथि अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ।