सैनामैनाको कलौनिमा गौतम बुद्धको शालिक निर्माण हुने, लुम्बिनी बिकास कोषका उपाध्यक्ष लामाको आर्थिक सहयोग

अनिता चौधरी, सैनामैना ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाले सैनामैना नगरपालिका वडा नं.-६ कलौनी चोकमा बुद्ध शालिक सहितको पार्क निर्माणका लागि आर्थिक सहयोग गर्नुभएको छ ।
दुधराक्ष युवा क्लबको बिगत ६ महिना देखिको लगातार पहल पछि सैनामैना-६ कलौनी चोकमा भगवान गौतम बुद्धको स्मारक निर्माणका लागि लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाले व्यक्तिगत रुपमा १ लाख ५० हजार बराबरको आर्थिक सहयोग गर्नु भएको हो।
रुपन्देही क्षेत्र न ५ (ख) का निबर्तमान प्रदेस सदस्य एवं नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य फकरुद्विन खानको पहलमा मंगलबार उक्त रकम सैनामैना नगरपालिका ६ र ७ का वडा अध्यक्ष गोपाल पोख्रेल र राजकुमार चौधरी, दुधराक्ष युवा क्लबका संस्थापक अध्यक्ष नारायण प्रसाद खनाल, सल्लाहकार प्रेम थापा र मदन थापा, क्लबका अध्यक्ष किरण पोख्रेल, सचिब पदम पाण्डे, क्लबका पदाधिकारी लगायतको उपस्थितमा उक्त रकम क्लबलाई हस्तान्तरण गरिएको हो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation