कांग्रेसको अवरोध पछि संसद वैठक जेठ १३ सम्म स्थगित

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने गरी तय भएको शुक्रबारको बैठक सभामुख देवराज घिमिरेले स्थगित गरेका हुन् । अर्को बैठक आगामी आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

संसद वैठक बस्नु अघि आज बिहान प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरूले संघीय संसद्को दुवै सदनमा अवरोध जारी राख्ने निर्णय गरेका थिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको समेत सहकारीको रकम अपचलनमा संलग्नता रहेको भन्दै संसदीय छानबिन समिति माग गरेको छ । समिति बनाउने निर्णय भएपनि कार्यादेशमा सहमति नजुट्दा कांग्रेसले अवरोध कायमै राखेको छ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation