आजदेखि सडक प्रदर्शन गर्दै कांग्रेस\

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजदेखि सडक प्रदर्शन गर्दैछ। बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले निर्णय गरे अनुसार कांग्रेसले आजदेखि सडक प्रदर्शन सुरू गर्न लागेको हो।

काठमाडौंको प्रदर्शनीमार्गमा आइतबार दिउँसो २ बजे प्रदर्शन सुरू हुने बताइएको छ। त्यसमा केन्द्रीय कार्यसमितिका नेताहरू सहभागी हुनेछन्। बुधबारको केन्द्रीय समिति र संसदीय दलको बैठकले सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन संसदबाट र सडकबाट पीडितको पक्षमा आवाज उठाउने निर्णय गरेको थियो।

सो अनुसार सातै प्रदेश र जिल्लाहरूमा पनि कांग्रेसले प्रदर्शन गर्न लागेको हो।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation