एमाले रूपन्देहीको १० औँ जिल्ला अधिवेशनको तयारी पूरा, अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने 

रुपन्देही । नेकपा एमाले रूपन्देहीको १० औं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । एमाले जिल्ला प्रचार विभाग रूपन्देहीले मङ्गलबार तिलोत्तमा १५ कोटिहवामा पत्रकार सम्मेलन गरी बुधबारदेखि भैरहवामा हुने अधिवेशनको तयारी पूरा भएको जानकारी दिएको हो ।

जेठ २३ गते बुधबार  देखि भैरहवामा हुने अधिवेशनको बुधबार दिउँसो १ बजे एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । बिहीबारसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । पत्रकार सम्मेलनमा अधिवेशन व्यवस्थित गर्नको लागि जिल्ला अध्यक्ष तेजेन्द्र के।सी।को संयोजकत्वमा १६७ सदस्य रहेको मूल व्यवस्थापन कमिटी गठन गरिएको जानकारी गराइएको छ । अधिवेशनको बन्दसत्रमा राजनैतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेश गरिने तथा अधिवेशनबाट एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित जिल्ला कमिटी निर्वाचित गरिने जानकारी गराइएको थियो । पत्रकारहरूको जिज्ञासाको जवाफ दिँदै एमाले जिल्ला अध्यक्ष तेजेन्द्र के।सी।ले जिल्लाका १६ पालिकाका १५५ वडा, २३ जनसङ्गठनबाट र आयोजक कमिटिबाट चयन भएका कुल ८५३ जना प्रतिनिधि अधिवेशनमा सहभागी हुने जानकारी दिनुभयो । अधिवेशनको उदघाटन पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । रुपन्देहीमा एमालेका १७ हजार ९८ पार्टी सदस्य संगठित रहेको र उत्तिकै सङ्ख्यामा शुभेच्छुक रहेको उहाँले जानकारी गराउनुभयो ।

एमाले जिल्ला उपसचिव तथा प्रचार विभाग प्रमुख हितराज पन्थीले अधिवेशन उदघाटन सत्रमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, सचिव छविलाल विश्वकर्मा, सचिव एवं लुम्बिनी प्रदेश इन्वार्ज पद्मा अर्याल, जिल्ला इन्चार्ज दलबहादुर राना, पोलिटब्यूरो सदस्यहरु लिला गिरी, दधिराम न्यौपाने, खिमलाल भट्टाराईलगायत विभिन्न तहका नेताहरुको उपस्थिति रहने पन्थीले जानकारी दिनुभयो । एमालको दशौँ जिल्ला अधिवेशन भैरहवा होटल सिद्धार्थ भिलासामा हुने पन्थीले बताउनुभयो ।
पत्रकार सम्मेलनमा एमाले केन्द्रीय प्रचार विभाग सदस्य शेर बहादुर केसी, एमाले लुम्बिनी प्रदेशप्रचार विभाग प्रमुख डि आर घिमिरे ,एमाले लुम्बिनी कमिटि सदस्य मोहन चापागाइँ,एमाले जिल्ला सचिव यज्ञ गैह्रे,उपसचिव चित्रबहादुर केसी जिल्ला सचिवालय सदस्य युवराज घिमिरे लगायतको उपस्थिति रहेको थियो । एमाले रूपन्देही जिल्ला प्रचार विभागका सचिव नरेश केसीको सञ्चालनमा सम्पन्न पत्रकार सम्मेलनमा करिब ५० जनाको सहभागिता रहेको थियो ।
एमाले रूपन्देहीको ११औँ पूर्ण बैठक सम्पन्न ।

एमाले जिल्ला कमिटिको ११ औँ पूर्ण बैठक मङ्गलबार सम्पन्न भएको छ । जिल्ला अध्यक्ष तेजेन्द्र केसीको अध्यक्षता तथा एमाले केन्द्रीय उपाध्यक्ष विष्णु पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले १०औँ जिल्ला अधिवेशनका प्रतिनिधिहरूको अनुमोदन गरेको छ भने १४१ सदस्यीय जिल्ला कमिटि निर्माण गर्ने सर्वसम्मत निर्णय गरेको छ । बैठकले पार्टीको अधिवेशनमा प्रस्तुत गरिने राजनैतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको प्रचार विभाग प्रमुख हितराज पन्थीले जानकारी दिनुभयो । बैठकमा केन्द्रीय सचिव छविलाल विश्वकर्मा, सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज पद्मा अर्याल, पोलिटब्यूरो सदस्यहरु लिला गिरी, दधिराम न्यौपाने खिमलाल भट्टराई तथा अनुशासन आयोगका केन्द्रीय उपाध्यक्ष नेत्र पन्थी लगायत निर्वाचन आयोगका सदस्यद्वय भरत पोखरेल र हरि भण्डारीलगायतको आतिथ्य रहेको उहाँले बताउनुभयो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation