
प्युठान । प्युठानको माण्डवी गाउँपालिका- १ तिरामले वडा कार्यलयमा सुचिकृत भई प्यान नम्बर प्राप्त गरेका १० वटा टाेल बिकास संस्थालाई एक-एक वटा दराज हस्तान्तरण गरि प्रतेक टाेलबिकास संस्थामा सम्पर्क कार्यलयहरको स्थापना गरेको छ।
नयाँआर्थिक वर्षको योजना तर्जुमा गर्न सहज होस् भन्ने हेतुका साथ सम्पर्क कार्यालय स्थापना गरिएको र अन्य वडाहरुले पनि यसको सिको गर्न सके कार्यसम्पादनमा थप सहजता हुने गाउँपालिका उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकीले बताउनु भयो।
गत आर्थिक वर्षको कार्यक्रम अन्तर्गत वडा कार्यालयको पुँजीगत बजेटमा विनियोजित रु.१ लाख रकमबाट वडा कार्यालयले टोल विकास संस्थाको गठन गरि गठित टोल विकास संस्थाहरुलाई जिम्मेवार र थप सशक्त बनाउने उद्देश्यले सो कार्यको सुरुवात गरिएको वडा अध्यक्ष बाम बहादुर वुढाले बताउनु भयो।बितरण कार्यक्रममा वडा समितिका सम्पुर्ण पदाधिकारीहरुको उपस्थिति रहेको थियोे ।
विगतमा टोल विकास संस्था भए पनि सम्पर्क कार्यालय नभएको अवस्थामा हाल सो वडाले नयाँ कामको सुरुवात गरेकोमा चौतर्फी प्रशंसा बढेको छ।पछिल्लो समय वडा अध्यक्ष वुढाले जनताका प्रत्यक्ष माग,आवश्यकता र समस्या लाई वर्तमान अवस्थासँग तुलना गरेर मात्र कार्यसम्पादन गर्न तर्फ जोड दिदै आउनु भएको छ।