चापाकोट नगरपालिकाका पूर्वमेयर गिरीको सवारी दुर्घटनामा निधन

स्याङ्जा। स्याङ्जाको चापाकोट नगरपालिकाका पूर्वमेयर शिवकुमार गिरीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।

शुक्रबार राति पुतलीबजार नगरपालिका १० बरजास्थित सिद्धार्थ राजमार्गमा राङ्खोलाबाट स्याङ्जा बजारतर्फ आउँदै गरेको बा १५ च १७०१ नम्बरको स्कारपियो अनियन्त्रित भई दुर्घटना हुँदा स्कारपियोमा सवार चापाकोट नगरपालिका पूर्वमेयर गिरीको मृत्यु भएको हो ।

चापाकोट नगरपालिका ४ दार्सिङ बस्ने पूर्वमेयर गिरी सवारी दुर्घटनामा परी गम्भीर घाइते भई उपचारको लागि जिल्ला अस्पताल स्याङ्जा पठाएकोमा उपचारको क्रममा राति ११ः४० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सुचना अधिकारी रविन्द्र खनालले जानकारी दिनुभयो ।

पुतलीबजार नगरपालिका ९ कोल्मा बस्ने ३२ वर्षीय सुरज नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्कारपियो पूर्णरुपमा क्षेत्ती भएको प्रहरीले बताएको छ ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation