गाउँपालिकाद्वारा कृषकहरुलाई ५०% अनुदानमा कृषि उपज सामाग्री र प्रविधि वितरण

पाल्पा। पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले कृषकहरूलाई ५० प्रतिशत अनुदानमा (५० प्रतिशत कृषकले ब्यहोर्ने गरी) कृषि सामग्री वितरण गरेको छ। हिजो गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मिनी टिलर (हाते ट्रयाक्टर), कुटानी पिसानी मिल वितरण गरिएको हो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराई ,प्रमुख प्रशासकीय अधिकृत दिनेश सारु, आर्थिक विकास समितिका संयोजक प्रदिप पौडेल लगाएतले धारणा राख्दै प्रविधिको उचित र दिगो प्रयोग गरिए कृषि आर्थिक समृद्धिको आधार बन्न सक्नेमा जोड दिनु भयो।वितरण कार्यक्रममा उपाध्यक्ष युवराज थापा, प्रमुख प्रशासकीय अधिकृत दिनेश सारु, प्रवक्ता देवेन्द्र पुन, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो।कार्यक्रम कृषि विकास शाखाका प्रमुख सुनिता पोखरेलको सञ्चालनमा सम्पन्न भएको हो।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation