कञ्चन गाउँपालिकाले ल्यायो ५१ करोड ३८ लाख ४६ हजारको बजेट

रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकाले ५१ करोड ३८ लाख ४६ हजार ७ सय २७ रुपैया बराबरको बार्षिक बजेट प्रस्तुत गरेको छ । कञ्चन गापलिकाका उपाध्यक्ष मौसमी थापा मगरले आइतवार गाउपालिकाको १४ औं गाउँसभामा चालु खर्च तर्फ ३७ करोड ३१ लख २० हजार ७ सय १७ रुपैया र पुँजीगत खर्च तर्फ १४ करोड ७ लाख २६ हजार रुपैया गरी ५१ करोड ३८ लाख ४६ हजार रुपैया ४६ लाख ७ सय १७ रुपैया बराबरको बार्षिक बजेट प्रस्तुत गर्नु भएको हो।

प्रस्तुत बजेट मध्ये गाउँपालिकाको आन्तरिक श्रोतबाट १ करोड ७५ लाख, मालपोत कार्यालयबाट प्राप्त हुने ५० लाख, संघिय सरकारबाट ४३ करोड २२ लाख ३५ हजार ७ सय (वित्तिय समानिकरण अनुदान, राजस्व बाँडफाँड, समपुरक अनुदान, विशेष अनुदान र शसर्त अनुदान समेत) र लुम्बिनी प्रदेशबाट (वित्तिय समानिकरण अनुदान, राजस्व बॉडफॉड, समपुरक अनुदान, विशेष अनुदान र शसर्त अनुदान समेत गरी) ४ करोड ५६ लाख ११ हजार १७ रुपैया प्राप्त हुने उपाध्यक्ष थापा मगरले बजेट बक्तब्य मार्फत जानकारी गराउनु भयो ।May be an image of 3 people, dais and text

उपाध्यक्ष थापा मगरले आगामी बर्षका लागि विनियोजित रकम तथा योजना संचालन गर्दा अपुग हुन आएमा करिब २ करोड ३५ लाख रुपैया चालु आर्थिक बर्षको अन्त्यमा स्थानीय संचित कोषबाट व्यहोरिने समेत बजेट बक्तव्यमा उल्लेख गर्नु भएको छ ।

यस्तै आगामी वर्षको बजेट मार्फत गाउँपालिकाका सामरिक महत्व राख्ने सडकहरुको स्तरोन्नती, भौतिक पुर्वाधार अपुग भएका विद्यालय भवन, शौचालय, खेलकुद मैदान लगायतका पुर्वाधार निर्माणका लागि पनि निरन्तरता दिइएको छ । प्रस्तुत बजेटमा मगर संग्राहलय, नेवार संग्राहलय, तथा थारु संग्राहलयका अधुरो भवन निर्माणका लागि आस्यक बजेट व्यवस्था गरिएको छ।May be an image of 2 people, dais and text

यसैगरी हरेया माध्यमिक विद्यालयको विद्यालय भवन निर्माणका लागि १ करोड, समग्र पुर्वाधार विकास तर्फ ८ करोड ९७ लाख रुपैया ९६ हजार ६ सय रुपैया रकम विनियोजन भएको उपाध्यक्ष थापा मगरले वक्तव्य मार्फत उल्लेख गर्नु भयो । उपाध्यक्ष थापा मगरले कक्षा देखि कक्षा १२ सम्म अध्ययनरत छात्राहरुका लागि बिद्यालयबाटे उपलब्ध हुनेगरी निशुल्क सेनेटरी प्याडका लागि २७ लाख ४ हजार रुपैया रकम विनियोजन गर्नु भएको छ।

आगामी बर्षको बजेटमा उपाध्यक्ष थापा मगरले बालविकासका सहयोगी, विद्यालय सहयोगी र बिद्यालय कर्मचारीहको तलव भत्ताका लागि ५९ लाख रुपैया, गाउपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउन समेत आवस्यक बजेट व्यवस्था गरेको उपाध्यक्ष थापा मगरले जानकारी दिनु भएको छ ।

May be an image of 8 people, people studying and text

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation