बसको ठक्करबाट बुटवलमा स्कुटर चालकको मृत्यु

बुटवल । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवलमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । बुटवलको  बेलबासस्थित शान्तिचोकमा मंगलबार बिहान पौनै तीन बजे बाटो काट्दै गर्दा स्कुटरलाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बसले ठक्कर दिएको थियो ।

ठक्करबाट लु २९ प ८६८३ नम्बरको स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको हो । मृतकको पहिचान भने अझै खुलेको छैन ।

राजमार्ग सुरक्षा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार सुर्खेतबाट वीरगन्जका लागि छुटेको प्रदेश(३)००१ ख ०५७१ नम्बरको बसले ठक्कर दिएको थियो । मृतकको शवलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation