अनेरास्ववियु रुपन्देहीद्वारा राष्ट्रपती पौडेललाई एक रुपैयाँ सहयोग अभियान सुरु

बुटवल । राष्ट्रपती रामचन्द्र पौडेलकोे उपचार बापतको खर्च सरकारले व्यहोर्ने निर्णय गरे संगै अनेरास्ववियु रुपन्देहीले राष्ट्रपती पौडेल लाई एक रुपैयाँ सहयोग अभियान सुरु गरेको छ ।
उपचारका क्रममा भारतमा जाँदा आफ्नो खर्च आफैले व्यहोर्ने बताएका पौडेलले हाल सरकारबाट उपचार खर्च लिने निर्णय गरेपछि अनेरास्ववियु रुपन्देहीले एक रुपैयाँ सहयोग अभियान सुरु गरेको हो ।
अनेरास्ववियु स्थायी कमिटी लेखनाथ खनालले राज्यले एउटा व्यक्तिलाई लाखौ रुपैया उपचारका नाममा दिनु गलत भएको भन्दै त्यसको विरोध स्वरुप एक रुपैयाँ अभियान सुरु गरेको बताए । उनले आम नागरिकले अहिले पनि आधारभुत स्वास्थ्य सुविधा नपाएको अवस्थामा राष्ट्रपती पौडेलले ५५ लाख रुपैयाँ लिनु राज्यको दोहन भएको टिप्पणी गरे ।

एक रुपैयाँ अभियानमा अनेरास्ववियुका सरोज पोखरेल, बालकृष्ण पाण्डे, केन्द्रिय सदस्य साजन भण्डारी, शेषकान्त पोखरेल, कृष्ण बस्याल, केन्द्रिय लेखा आयोग सदस्य दिपक चापागाइ, जिल्ला संयोजक रमेश ढकाल, जिल्ला नेता भरत अर्याल लगायतले बोल्दै राष्ट्रपती दिने भनिएको उपचार खर्च बापतको निर्णय तत्काल सरकारले फिर्ता गर्न आग्रह गरे ।

राष्ट्रपति पौडेलले भारतमा उपचार गर्न जाँदा र आउँदा लागेको हवाई भाडा, अस्पतालको खर्च र सुरक्षाकर्मीहरुको दैनिक भ्रमणभत्ता लगायतमा ५५ लाख २ हजार २ सय ७९ रुपैयाँ बेहोर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्ले गरेको निर्णय परराष्ट्र मन्त्रालयमा १५ गते प्राप्त भएको र त्यसअनुसार रकम निकासाका लागि अर्थ मन्त्रालयलाई अनुरोध गरिएको परराष्ट्रका लेखा शाखाका उपसचिव भेषप्रसाद भुर्तेलले लेखेको पत्रमा उल्लेख छ ।

यसअघि राष्ट्रपति आफैंले उपचार खर्च बेहोर्न चाहेको भनी उनको कार्यालयबाट सूचना सार्वजनिक भएको थियो । स्वदेशमै हुन सक्ने सामान्य उपचारका लागि विदेश गएको भनी आलोचित पौडेलका तर्फबाट कार्यालयले वक्तव्य जारी गर्दै आलोचना मत्थर गरेको थियो । अहिले भने सरकारले नै उक्त रकम तिर्ने निर्णय भएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation