
कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १३ मा विषालु च्याउ खाँदा ५ जना बिरामी भएका छन् । बिरामी भएका ५ जनाको नै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको छ ।
बिरामी हुनेमा शितगंगा नगरापलिका वडा नम्बर १३ सिमलपानीको पारे निवासी ९० वर्षीय जानकी भाट क्षेत्री, १४ वर्षीय बाल कृष्ण वि.सी., १० वर्षीय विपिन वि.सी., देउराली निवासी ३८ वर्षीय सार्दा वि.सी. र १० वर्षीय तनुजा वि.सी. रहेका छन ।
आज बिहान जगँल बाट ल्याएको च्याउ खाएर काममा हिडेका उनीहरु टाउको दुख्ने, बोमिट हुने, पखला लाग्ने भएपछि उनीहरुलाई अस्ताल लगिएको प्रत्यक्षदर्शी रेडियो हर्ट विट की बजार प्रमुख अनिता क्षेत्रीले बताउनुभएको छ ।