मुर्गिया खानेपानीद्धारा उपभोक्तालाई आँपको विरुवा वितरण

उपकार अनलाईन, सैनामैना ।
मुर्गिया खानेपानी उपभोक्ता तथा सरसाफाई संस्थाले उपभोक्तालाई आँपको विरुवा वितरण गरेको छ । सोमवार खानेपानीको कार्यालयमा अम्रपाली आँपको विरुवा वितरण गरेको हो ।

मुर्गिया खानेपानी उपभोक्ता तथा सरसाफाई संस्थाले प्रत्येक उपभोक्तालाई १/१ वटा विरुवा वितरण गर्ने लक्ष्य लिएको छ । पहिलो चरणमा १ हजार उपभोक्तालाई विरुवा वितरण गरेको सस्थाले जानकारी गराएको छ । बाकी उपभोक्तालाई भने आउने आ.ब. मा विरुवा वितरण गर्ने सस्थाले जनाएको छ ।May be an image of 5 people, people smiling, dais and text

अहिले लगाएको अम्रपाली आँपले अर्को बर्ष देखि फल दिन थाल्ने छ भने यसै बर्ष देखि हरियाली प्रबर्द्धनमा समेत सहयोग पुग्ने छ। पहिलो चरणमा सैनामैना वडा नं २ र ३ का टोलहरुलाई टोलबिकास संस्था बाट प्रत्येक घरकुरियामा सुचना दिई कार्यालयमा बोलाई बिरुवा उपलब्ध गराईएको थियो।May be an image of 5 people and text

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation