छोटो तालिमबाटै स्वरोजगार बन्दै कञ्चनका महिलाहरु

नबिन घिमिरे, कञ्चन ।
रुपन्देहीको कञ्चन गाउँपालिकाले महिलाहरुका लागि गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रममार्फत एक महिने तालिम प्रदान गरेपछि महिलाहरु आयआर्जनमा जोडिएका छन । छोटो समयको तालिमले पनि महिलाहरु आयआर्जनमा जोडिन सक्ने कञ्चनमा भएको यो तालिम उदाहरण बनेको छ ।
एक महिने तालिम लिएकी कञ्चनकी पुनम थारुले मकैको पोस्कर र थाकलबाट बिभिन्न सजावटका सामाग्री बनाउन सिकेको बताउँदै तालिम लिएर अव घरमै खाली समयमा टोपी लगायतका सामाग्री बनाउने बताउनु भयो । उहाँले आफूहरुले बनाएको सामाग्री वितरण गर्न कञ्चन गाउँपालिकाले सहजीकरण गरेपछि उत्साह बढेको बताईन ।
त्यसैगरी तालिम लिएपछि घरमै बसेर आयआर्जन गर्न सहयोग पुगेको बताउँदै स्थानीय अनिता बोहराले एक महिने तालिमले आफूलाई खाली समयलाई खेर जान नदिन मकैका पोष्कर र थाकलबाट विभिन्न सामाग्री बनाउने र त्यो बेचेर आम्दानी गर्न थालेको बताउनु भयो । मकैका गाउँघरमै निशुल्क पाईने मकैका पोष्कर र जंगलबाट ल्याएका थाकलबाट विभिन्न सामाग्री बनाएर दुईपटक विक्री समेत गरेको र त्यसबाट हौसला मिलेको अनिताको भनाई छ ।
कञ्चन गाउँपालिकाकै पम्फा पुनले मकैका पोस्कर र थाकलबाट विभिन्न सामाग्री बनाउन सिकेको बताउँदै एक महिनाको सिकाईले आत्मनिर्भर बन्न धेरै सहयोग पुगेको बताउनु भयो । उहाँले मेहनत र परिश्रम ग¥यो भने खेर गएका सामानबाट विभिन्न सामाग्री बनाएर घरमै बसी रोजगारीमा जोडिन सहयोग पुगेको र खाली समयको सदुपयोग समेत भएको बताईन ।
कञ्चन गाउँपालिकाले कञ्चनका ४७ जना महिलाहरुका लागि एक महिना पोष्कर र थाकलका सामाग्री बनाउने तालिम दिएको हो । तालिमकी सहजकर्ता शुभा थापा मगरले तालिमबाट कञ्चन गाउँपालिकाका महिला दिदी बहिनीहरुलाई आयआर्जनमा जोड्न सहयोग पुगेको बताइन ।
पोष्कर र थाकलबाट विभिन्न सामाग्री बनाउने तालिममा ४७ जनाले तालिम लिएकोमा अधिकांश महिलाहरु आयआर्जनमा जोडिएका हुन । महिलाहरुले तालिम लिएपछि उत्पादन गरेको सामान दुईपटक विक्री समेत गरेका छन । महिलाहरुले उत्पादन गरेको सामान कन्चन गाउँपालिकाले बजारीकरण गर्न सहजीकरण गरेको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation