न्यू मुनलाइट यूवा क्लव लौसाको अध्यक्षमा प्रकाश कार्की

उपकार अनलाइन, सैनामैना ।

न्यू मुनलाइट यूवा क्लव लौसाको अध्यक्षमा प्रकाश कार्की सर्वसहमत चयन भएका छन् । कार्कीको अध्यक्षतामा १७ सदस्य नया कार्य समिति गठन गरेको छ । जसको उपाध्यक्षमा सीता पौडेल र कविता श्रीस गुरुङ, सचिवमा दिनेश घिमिरे, कोषाध्यक्षमा नवीन कार्की सहित ११ जना सदस्य चयन गरेको हो ।

साथै न्यू मुनलाइट यूवा क्लव कन्चन १ लौसाले प्रथम लौसा तिज विशेष सांस्कृतिक मेला २०८० को समिक्षा समेत गरेको छ । बुधबार करिव ६० जना भन्दा बढीको उपस्थितीमा क्लवले पहिलो पटक सञ्चालन गरेको प्रथम लौसा तिज विशेष सांस्कृतिक मेलाको समिक्षा तथा आय व्याय विवरण सार्वजनिक गरेको छ ।

क्लवले आर्जै एक विशेष कार्यक्रमको आयोजना गरी पूर्व अध्यक्षहरूलाई सम्मान तथा मेला अवधि भर मेला स्थानमा दिन रात खटेर मेला सफल बनाउन महत्वपुर्ण योगदान पुराएका सम्पुर्ण समुहहरूलाई सम्मान गरेको क्लवले जनाएको छ ।

 

 

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation