कपिलवस्तु नगरपालिकामा समस्या पहिचान तथा कार्ययोजना

कपिलवस्तु  । इन्सेक , मानव अधिकार समूह कपिलवस्तुको आयोजनामा भदौ २८ गते समस्या पहिचान तथा कार्ययोजना बैठक कपिलवस्तु नगरपालिकाको वडा नं. ३ को मालटोलमा सम्पन्न भएको छ । समूहले कपिलवस्तु नगरपालिकामा शिक्षा ,स्वास्थ्य, वातावरण र लैंगिक विभेदसम्बन्धी समस्या पहिचान तथा कार्ययोजना तयार पारिएको छ ।

मानव अधिकार समूहले शिक्षा क्षेत्रका विद्यालयमा भएका अनिमियता, अवधी भाषा , गुणस्तरिय शिक्षा , बृहह यौनिकता शिक्षालाई पठ्यक्रममा समावेश गरिनुपर्ने , बिद्यालयका शिक्षकहरुलाई मनोसामाजिक शिक्षा हुनुपर्ने , बिषयगत शिक्षक हुनुपर्ने , समसामयिक बिषयमा अतिरिक्त क्रियाकलाप हुनुपर्ने कार्ययोजना भएका छन् ।

यस्तै वातावरण संरक्षणमा कुहिने र नकुहिने बस्तुको व्यवस्थापनका लागि नगरपालिकालाई समूहले ध्यानाकर्षण गर्ने , प्लाष्टिकको न्यूनिकरणको लागि स्थानिय उत्पादनमा पवद्र्धन , छाडाचौपाया व्यवस्थापनका लागि ध्यानाकर्षण जिल्ला प्रसासनलाई गर्ने कार्ययोजना भएका छन् ।

स्वास्थ्य क्षेत्रमा स्वास्थ्य बिमा सेवा प्रभावकारी नहुनु , सेवा प्रवाह छिटो र छरिटो नहुनु , स्वास्थ्यमा किशोरकिशोरी मैत्री सेवा हुनु पर्ने , प्रत्येक वडामा मनोविमर्शकर्ताको व्यवस्थापन हुनुपर्ने , जिल्ला अस्पतालबाट पाउने सेवा सबै स्वास्थ्य चौकीमा हुनुपर्ने ।

स्तै वातावरणको अधिकारमा खुलादिशा मुक्त कार्यान्वयनमा अनुगमन तथा पुर्ण सरसफाईका लागि घरको अगाडी सरसफाई गरिनु पर्ने , प्लाष्टिक व्यवस्थापन हुनुपर्ने , नगरपालिकाले फोहोर व्यवस्थापन गर्न छुट्टै निती बनाउनु पर्ने , नागरिकको अधिकार र कतव्र्यबोध गराउनु पर्ने कार्ययोजना गरिएको छ । कपिलवस्तु नगरपालिकाको न्यायीक समितीलाई जिम्मेवार वनाउन नगरपालिकालाई ध्यानाकर्षण गर्ने ।

यस्तै शौचालय, खानेपानी र बिद्यालयमा बिद्यार्थीहरु निरन्तर नहुनु र पालिकाको बिद्यालयहरुमा शुद्ध पिउने पानीको समस्याहरुको कार्ययोजना निर्माण गरेका छन् ।

स्वास्थ्य क्षेत्रमा सरकारले दिने निःशुल्क औषधी प्रर्याप्त मात्रामा उपलब्ध नहुनु , स्वास्थ्य सम्बन्धि सचेतनामा कमि , सरकारले दिने स्वास्थ्य सेवा बारे नागरिकलाई जानकारी नहुनु र नगरपालिका खुला दिशा मुक्त भए पनि शहरी क्षेत्रमा शौचालय नभएका कारण वातावरण दुर्गन्धित भएको, फोहोर व्यवस्थापन हुन नसक्नु, स्थानीय तहले वातावरण सम्बन्धी कानुन बनाउन नसकेको जस्ता समस्या पहिचान गरेका थिए ।

बैठकमा बरिष्ठ मानव अधिकारकर्मी राम दयाल ठाकुरले शिक्षा , स्वास्थ्य , वातावरण र लैंंगिंक विभेदको कार्ययोजना निर्माणले मानव अधिकारको संरक्षणकालागि अभियानहरु संचालन गर्न सहज हुने बताउनु भयो । स्थानियतहका जनप्रतिनिधिहरुले यस्ता खाल्का जागरण कार्यक्रम तथा अभियानलाई सहयोग गर्नुपर्नेमा जोड दिनु भयो ।

मानव अधिकारकर्मीको धर्म आवाज बन्द गर्न नहुने भएको बताउँदै इन्सेकले गठन गरेको मानव अधिकार समूहले यस नगरपालिका भित्रका समस्याहरुको पहिचान गरी सम्बन्धित निकायलाई ध्यानाकर्षण गर्दै आवाज उठान गर्न सदैव लाग्न आग्रह गर्दै जुनसुकै परिस्थितीमा पनि साथसहयोग रहने प्रतिवद्धता जनाउनु भयो ।

मानव अधिकार समूहका अध्यक्ष पुष्पा रेग्मीले आर्थिक वर्ष ०७९÷०८० मा शिक्षा , स्वास्थ्य , लैंगिंक विभेद र वातावरण लगाएतको बिषयमा कार्यक्रमहरुको बिषयमा सम्पन्न गरेका अभियानहरुको बिषयमा जानकारी दिनु भयो । साथै आर्थिक वर्ष ०८०÷०८१ मा पालिकामा अभियान संचालन गर्नका लागि समस्या पहिचान गरी सो को कार्यान्वयन गरिने बताउनु भयो ।

यस्तै समस्या समाधानका लागि वातावरण सम्बन्धी कानुुन बनाउन डेलिगेसन जाने, शौचालय नभएका घरधुरी सर्बेक्षण गर्न पालिका प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने , विद्यालय, स्वास्थ्य चौकीमा अनुगमन गर्ने, हिंसामा परेका महिला बालबालिकालाई सहयोग गर्ने र नगपालिकासँग समन्वय सहकार्य गर्ने गरी कार्ययोजना बनाएको समूहका अध्यक्ष रेग्मीले बताउनु भयो ।

समूहका सहल्लाहकार तथा अधिवक्ता भोला प्रसाद बिश्वकर्माले स्थानियतहले नागरिकको पहिचानका लागि फोटो सहित प्रमाणित गरिदिनु पर्ने बताउनु भयो । कम उमेरका किशोर किशोरीहरु भाग्ने प्रबृति बढ्दै गएको हुँदा यस बिषयमा बिद्यालय स्तरमा जनचेतना मूलक कार्यक्रमहरु संचालन गरिनु पर्नेमा जोडदिनु भयो ।

प्रेरणा विष्टले समस्या पहिचान गरी बिभिन्न समस्याहरुको समाधान गर्नकालागि समूह लाग्न जरुरी भएको बताउँदै लैंगिंक तथा यौनिक अल्पसंख्यक समूदायका नागरिकहरुलाई सहज रुपमा नागरिकता दिन नसक्नु दुखको कुरा भएको बताउनु भयो ।

इन्सेक प्रतिनिधि पार्वती आचार्यले इन्सेक अभियानको बिषयमा जानकारी दिंदै इन्सेकले शिक्षा , स्वास्थ्य , लैंगिंक विभेद , वातावरणको बिषयमा निरन्तर मानव अधिकारको क्षेत्रमा वकालत गर्दै आईरहेको बताउनु भयो । कार्यक्रममा समूहका पदाधिकारीहरु , ओरेक नेपालका मनोबिमर्शकर्ता सुस्मा आचार्य , संचारकर्मी सुनिल आचार्य, किशोरी अधिकार मञ्च साधिका रैदास , बालअधिकार चेतना समूहका सदस्यहरु लगाएतको उपस्थित रहेको थियो । उक्त कार्यक्रममा समूहका अध्यक्ष पुष्पा रेग्मीको अध्यक्षता , समूहका उपाध्यक्ष नूर मोहम्मद मुसलमानको स्वागत तथा समूहका सदस्य कृष्ण अग्रहरीको संचालनमा सम्पन्न भएको थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation