उपकार अनलाईन, सैनामैना ।
रुपन्देहीको सैनामैनामा ७ मा दुइ जना पुरुषको शव फेला परेको छ । सैनामैना नगरपालिका–७ हरियाली टोलमा सोही वडाका अन्दाजी ४० वर्षीय नाथु थारु र अन्दाजी ५४ वर्षीय पल्टु थारुको शव फेला परेको सैनामैना–७ का वडा अध्यक्ष राज कुमार चौधरीले जानकारी गराउनु भएको छ ।
आज बिहान घरबाट संगै निस्केका दुई चौधरीको एकै साथ कसरी मृत्यु भयो त्यो रहस्यको विषय बनेको छ । घटनाको प्रारम्भिक रुपमा रुपन्देही प्रहरीले अनुसन्धान थालेको छ । मृत्यु हुने दुवै मजदुर हुन् ।