![](https://upakaronline.com/wp-content/uploads/2023/10/gulmi-1-670x420.jpg)
माण्डवी गाउँपालिका प्युठान।
प्युठानको माण्डवी गाउँपालिका पशु सेवा शाखाका कर्मचारीहरु कृषकहरुको घरघरमा पुगी सेवा समर्पित बनेका छन्।लामो समय देखि बिरामी पशुहरुको जाँच,उपचार र निदानमा केन्द्रित भएको गाउँपालिकाको पशु सेवा विकास शाखा प्रमुख कौशल अधिकारीले बताउनु भयो।
गाउँपालिकाको पाँच वटै वडाका विभिन्न टोल र बस्तिहरुमा अवस्थित कृषकहरुका प्रत्यक्ष माग,आवश्यकता र समस्या पूरा गर्न पाउँदा आफूले अत्यन्तै गौरवको महसुस गरेको शाखा प्रमुख अधिकारीले उपकार अनलाइनलाई बताउनु भयो। उपचार नपाई मर्ने साथै अहिले सम्म पशु प्राविधिकलाई खबर गर्दा पनि समयमा उचित औषधि उपचार नपाउदा समस्या बढ्दै गएको सन्दर्भमा घरदैलोमै पुगेर सेवा विस्तार गरिएको उहाँको भनाई छ। उहाँका अनुसार कृषकहरु बिस्तारै पशुपालन व्यबसायलाई अंगाल्न डराइरहेका थिए, लाखौ धनजनको क्षति भैरहेको थियो,जसको कारण पशुपालन व्यबसाय घट्दै र कृषक हरु निरास बन्दै गएका थिए। पछिल्लो समय माण्डवी गाउँपालिका पशु सेवा शाखामा जब कौशल अधिकारीले शाखा प्रमुखको जिम्मेबारी सम्हाल्नु भयो, तत्पश्चात उहाँको टिमले प्रत्येक कृषकहरुको समस्यालाई मध्यनजर गरि घरघर पुगी सेवा प्रदानमा समर्पित भएको हो।
लाखौ धन जनको क्षति हुन् बाट बचाएको र प्राबिधिक सेवा प्रति सन्तुष्ट रहेको बताउँदै प्रत्यक्ष लाभग्राही स्थानीय कृषकहरुले खुसि समेत ब्यक्त गरेका छन्।उहाँ कै सकृयतामा गाई,गोरु,भैंसी तथा बाख्रा गरि १६० भन्दा बढी पशुहरुको जाँच ,उपचार र निदानको काम सम्पन्न भैसकेको छ।