
नेपालगन्ज ।
बाँके कारागारमा कैदी जीवन बिताइरहेका सुर्खेत भेरीगंगा नगरपालिका(१०का ४४ वर्षीय खगेन्द्रबहादुर कामीको मृत्यु भएको छ । कारागारमा बिरामी परेका उनलाई उपचारका लागि भेरी अस्पताल पुर्याएको केहीबेरमा मृत्यु भएको प्रहरी सहायक निरीक्षक केशरबहादुर थापाले बताए ।
शुक्रबार अस्वस्थ भई भेरी अस्पताल पुर्याइएका कामीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । कामी लामो समयदेखि अस्वस्थ रहेको र नियमित उच्च रक्तचापको औषधि खाँदै आएका थिए ।
जबर्जस्ती करणी मुद्दामा उनी २०७६ साउन २६ गते जिल्ला कारागार बाँकेमा कैद भुक्तान गरिरहेका थिए ।