कपिलवस्तु । कपिलवस्तुका पालिकाहरुले प्रदेश र केन्द्र बाट आउने बजेट स्थानिय सरकार सङ्ग समन्वय गरेर जनताका समस्या समाधान गर्न अनुकुल हुनेगरि आउनुपर्नेमा जोड दिएका छन । आज सोमबार जिल्ला समन्वय समिति कपिलवस्तुद्वारा आयोजना गरिएको पालिकाहरुको वार्षिक समिक्षा कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृतहरुले यस्तो कुरामा जोड दिएका हुन ।
केन्द्र र प्रदेश सरकारले स्थानियका साना साना समस्यालाई नजिक बाट बुझ्न नसक्ने भएकाले स्थानिय सरकार सङ्ग समन्वय र सहकार्य गरेर योजना तथा कार्यक्रमहरु ल्याउन सके प्रभावकारी हुने उनीहरुले जोड दिएका हुन ।
कार्यक्रममा जिल्लाका १० पालिका मध्ये ९ पालिकाले आर्थिक वर्ष २०७९/८० को प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए, भने शुद्धोधन गाउँपालिकाले भने उापध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत बिचको आपसी विवादले आफ्नो प्रगति प्रतिवेदन प्रस्तुत गर्न सकेन । तर पालिका प्रमुख कमलेस शरण चौधरीले भने पालिका भित्रको समस्यालाई छिटोभन्दा छिटो समाधान गरिदिन सम्पुर्णमा आग्रह गर्नुभयो ।
पालिकाहरुको प्रतिवेदन पछि कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य बलराम अधिकारीले पालिकाहरुले प्रस्तुत गरेको प्रतिवेदन देखाउनको लागि मात्र प्रस्तुत गरिएको जस्तो भएको भन्दै आपत्ती जनाउनु भयो । आगामि दिनहरुमा प्रस्तुत गरिएका प्रतिवेदनहरु पुर्णरुपमा कार्यान्वयन हुनेमा विश्वास व्यक्त गर्नुभएको थियो । त्यस्तै उहाँले देश सङ्घियतामा गएको धेरै समय नभएको भन्दै विकास र समृद्धिको पक्षमा धेरै महत्वकाङ्क्षी नहुन पनि सबैमा आग्रह गर्नुभएको थियो । हरेक ठाउँको विकासको लागि सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा उहाँको जोड रहेको थियो ।
त्यस्तै राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले आफु पालिकाबाटै निर्वाचित भएर गएपनि पालिकाहरुले आफुहरुलाई बोलाएर योजना र कार्यक्रम बारे छलफल नगरेको भन्दै गुनासो गर्नुभयो । प्रतिवेदनमा प्रस्तुत गरेका कयौँ कुराहरु कानुन सङ्ग जोडिएको भन्दै त्यस्ता विषयलाई आफुहरुले केन्द्रमा लैजने बताउनु भयो । त्यस्तै उहाँले पालिकाहरुको प्रतिवेदनमा दिगो विकास सम्बन्धित विषयहरु नआएको भन्दै त्यस्ता विषयलाई समेटेर योजना र कार्यत्रमहरु ल्याउन पनि आग्रह गर्नुभयो । त्यस्तै उहाँले महिला तथा लक्षित वर्गलाई समेटेर योजना तथा कार्यक्रम ल्याउन आग्रह गर्नुभयो ।
त्यस्तै प्रदेश सांसद अर्जुन केसीले स्थानियको खुसि र सन्तुष्टिको लागि भौतिक विकास भन्दा पनि सामाजिक, सांस्कृतिक विकास गर्नुपर्ने बताउनु भएको छ । तिन तहको सरकार मध्ये स्थानिय तहले विकासको अवरोधमा निर्मम भएर काम गर्न आवश्यक रहेको बताउनु भयो । साथै उहाँले रोजगारी सिर्जना गर्नको लागि पर्यटनलाई आय आर्जन सङ्ग जोड्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै प्रदेश सभा सदस्य नवराज लामछानेले पुर्वाधार बनाएर मात्र विकास नहुने भन्दै नेपाल कृषि प्रधान देश भएकाले जल, जङ्गल र जमिनको विकास गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै पालिकाहरुको विकासको लागि प्रदेश बाट हुने सहयागमा आफु सधै तयार रहेको बताउनु भएको थियो ।
यता पालिकाहरुको प्रतिनिधित्व गर्दै बुद्धभुमि नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठले जिल्लाको समग्र विकासको लगि १० वटै पालिकाहरुको सहकार्य आवश्यक रहेको बताउनु भयो ।
जिल्ला समन्व्य समितिका प्रमुख बाबराम आचर्यले कार्यक्रममा पालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतहरु सबै उपस्थित नभएको भन्दै आगामि दिनमा अधिकाशंलाई उपस्थिती हुन आग्रह गर्नुभएको थियो ।
कार्यक्रम जिल्ला समन्व्य समितिका प्रमुख बाबराम आचर्यका अध्यक्षता, समन्व्य समिति उपाध्यक्ष रमेश कुर्मिको स्वागत तथा समन्व्य अधिकारी भुमिराम पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा दश स्थानिय तहका प्रमुख, उपप्रमुखहरु, प्रमुख प्रशासकिय अधिकृतहरु, जिल्ला समन्वय समितिका पदाधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।