सैनामैनाको मुख्य बजारमा प्लास्टिकजन्य मालाको व्यापार, स्थानीय सरकार मौन

उपकार अनलाईन, सैनामैना ।
दिपावली सुरु भए लगतै रुपन्देहीको सैनामैना नगरपालिकाको मुख्य बजार मुर्गियामा प्लाष्टिकजन्य माला वेच्न सडकको किनारामा ठेला राख्नेहरु वढेका छन् । सरकारले भारतीय माला आयातमा रोक लगाएको छ, तर पनि सैनामैनाका चोक चौरामा भारतीय फुलका मालाको व्यापार भइरहेको छ ।

प्रशासन अगाढीनै व्यापारीहरु प्लाष्टिकका फुलका मालाको ठेला राखेर वेचीरहेकाछन् । तर यस बिषयमा न प्रशाशन बोल्छ न सैनामैना नगरपालिका नै वोल्छ । दैनिक ८/१० पटक ओहर दोहर गर्दा नदेख्ने नगरपालिका तथा आँखै अगाढी रहेको पुलिस प्रशासनले नत ठेला हटाउन सक्यो न त यस विषयमा वोल्न नै सक्यौ ।

भारतबाट आयात हुने प्लाष्टिकका फूलको मालामा रोक लगाउन नसक्दा नेपाली फूल उत्पादक किसानहरूको लाखौं लगानीको व्यवसाय डुब्ने स्थितीमा पुगेको छ । छिमेकी पालिकाहरुले प्लाष्टिकका माला विक्रि वितरणमा रोक लगाएपनी सैनामैनाले यस विषयमा कुनै चाँसो नै दिएन । यसले गर्दा सैनामैनामा पुष्प खेती गर्ने किसानहरू चिन्तीत वनेका छन् । भारतबाट आयात हुने फुलको मालाले गर्दा आफुले उत्पादन गरेको फूलले बजार नपाउने भन्दै किसानहरु निराशा वनेका छन् ।

सरकारले भारतीय फुलको आयातमा रोक लगाउने घोषणा गरे पनी खुल्ला सिमानाका कारण रुपन्देहीका थुप्रै ठाउँमा भारतीय फुलको व्यापार भइरहेका छन् । सैनामैनाका हरेक चोक चौराहामा यसरी भारतीय फुलको विक्रि वितरण हुदा समेत सैनामैना नगरपालिका केहि वोल्न नसक्नु दुखद हो । प्रशासन र नगरपालिकाले यस विषयमा नवोलनुमा कमिसनको खेल भएको केहि व्यवसायीको आरोप छ ।

 

 

 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation