
परासी । पश्चिम नवलपरासीको रामग्राम(१८ स्थित ऐतिहासिक तथा पुरातात्त्विकस्थल पण्डितपुरमा भएको भू–भौतिक सर्वेक्षण जिओफिजिक्स सर्भे मा बुद्धकालीन प्राचीन सहरको संरचना भेटिएको छ ।
रामग्रामको पण्डितपुरमा प्राचीन सहरको संरचना पत्ता लाग्यो पुरातत्त्व विभाग, लुम्बिनी विकास कोष र बेलायतको दुरहाम विश्वविद्यालयको प्राविधिक सहयोगमा गरिएको सर्भेमा जमिनमुनि प्राचीन सहरको भग्नावशेष भेटिएको हो । पण्डितपुरको दक्षिणपश्चिम क्षेत्रमा गरिएको भू-भौतिक सर्वेक्षणका क्रममा जमिनमुनी गोलाकार आकारमा रहेको संरचना फेला परेको पुरातत्त्व विभागका वरिष्ठ पुरातत्त्व अधिकृत भास्कर ज्ञवालीले बताए ।
जियोफिजिक्स सर्भेमा प्रारम्भिकरुपमा संरचना भेटिएको तथ्य फेलापरेपछि यसको उत्खननको काम अगाडि बढाउने पुरातत्त्व विभागको तयारी छ ।